• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
64x64
दीप सुवेदी मंगलबार, भदौ १४, २०७९  १४:४७
1140x725
केन्याविरुद्धको खेलमा आउट भएपछि निराश भएर पेभिलियन फर्किँदै ज्ञानेन्द्र मल्ल।

काठमाडौं– नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै मनोज प्रभावकरले भनेका थिए, ‘मैले सबै ब्याटरको ब्याटिङ हेरें। उनीहरू आईपीएल र अरू टी–२० खेल धेरै हेर्दा रहेछन्। उनीहरू हार्डहिटको प्रयास गरिरहेका थिए। त्यसो हुँदा उनीहरूले टेक्निक गुमाइरहेका थिए। अबको २/३ महिनामा नेपाली टोलीमा पनि परिर्वतनको अनुभूति दिलाउने छु।’

मनोजले जे भनेका थिए, त्यो नेपालको परम्परागत समस्या नै थियो र हो पनि। जारी केन्याविरूद्धको टी–२० आई सिरिजमा पनि नेपाली ब्याट्सम्यानले यही समस्या दोहर्‍याइरहेका छन्। जारी प्रतियोगितामा नेपालका ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानसमेत लामो समय क्रिजमा टिक्न सकेनन्। न त उनीहरूले बलियो साझेदारी नै गर्न सके। पाएको १०२ रनको लक्ष्य पनि पूरा गर्न सकेनन्।

नेपाली टोलीको ब्याटिङ लाइन नै कमजोर भएर होला ४ टी–२० आईमध्ये २ खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोज्ने हिम्मतसमेत गरेनन्। उनी बलिङ नै रोजेर केन्यालाई सस्तोमै समेट्ने ध्याउनमा देखिन्थे। 

उनको रणनीति मैदानमा सफल पनि नभएको होइन। चार खेलमध्ये ३ खेलमा नेपालले बलिङकै बलबुताले १३५ मुनि नै केन्यालाई रोकेको थियो। यस्तै, तेस्रो खेलमा भने केन्याले १५६ रन बनायो। त्यसमध्ये नेपालले दोस्रो खेलमा १३२ रन पछ्याउने क्रममा १८  र चौंथो खेलमा १०२ रन पछ्याउँदा ७ रनको पराजय भोग्यो। यसअघि नेपालले केन्यासँग कुनै हार बेहोर्न परेको थिएन।

सन् २०१३ मा भएको आईसीसी टी–२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो। उक्त खेलमा शरद भेषावकरले अन्तिम ओभरमा ३ छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए। त्यसअघि २०१२ मा भएको टी–२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। विश्व क्रिकेट लिग डिभिजन टूमा नेपाल र केन्याबीच खेल भएको थियो। उक्त खेल नेपालले ३ विकेटले जितेको थियो।

खराब ब्याटिङ र सर्टकै कारण हार्‍यौं : मुख्य प्रशिक्षक मनोज
मुख्य प्रशिक्षक मनोज पहिलोपटक नेपाली पत्रकारहरूमाझ प्रस्तुत हुँदा नै भनेका थिए, ‘इन्डियन प्रिमियर लिग (आईपीएल) र अरू टी–२० मा पावर गेम हुँदा टेक्निक कमजोर हुन्छ। यदि टेक्निक सही भयो भने विराट कोहली र केएल राहुलले झैं सबै फर्म्याटका खेलमा राम्रो प्रदर्शन गर्न सकिन्छ।’

कोहलीलाई हेर्ने हो भनेपनि पछिल्लो समय उनको लय अस्वाभाविक रूपमा खस्किएको छ। कुनै बेला उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार उच्च रन बनाएको पनि थियो। तर, उनले २२ नोभेम्बर २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन्।

Manoj-Prabhakar1660527203.jpg
फाइल तस्बिर। 

कोहली पूर्ण रूपमा फर्ममा नरहेका भने होइनन्। उनी अहिले पनि राम्रो सर्ट खेल्छन्, राम्रो सुरूआत गर्छन्, तर आफ्नो इनिङ्सलाई ‘ठूलो इनिङ्स’मा परिणत गर्न भने असफल भइरहेका छन्। मुख्य प्रशिक्षक मनोजका अनुसार उनमा अहिले सही टेक्निकको अभाव रहेको छ।

Ncell 2
Ncell 2

यता, केएल राहुलले आईपीएल २०२२ मा १३५.३८ को स्ट्राइक रेटमा १४ इनिङ्समा ६३५ रन बनाएका थिए। जोस बटलरलाई पछि पार्दै उनी सबैभन्दा धेरै रन प्रहार गर्ने सूचीमा दोस्रो स्थानमा रहे। तर, पावरप्लेमा उनको स्ट्राइक रेट कहिल्यै १०० भन्दा माथि गएन। डेथ ओभरमा सोही स्ट्राइक रेट १९८.३६ पुग्ने गर्थ्यो। चोटका कारण लामो समय मैदानबाहिर रहेपनि अहिले उनलाई ठूलो इनिङ्स खेल्न सक्ने ब्याट्सम्यानको रूपमा लिइन्छ। तर, मुख्य प्रशिक्षक मनोज नेपाली टोलीमा जिम्मेवारीपूर्ण तरिका र ठूलो इनिङ्स खेल्न सक्ने ब्याट्सम्यानको अभाव भएको बताउँछन्।

‘निकै खराब ब्याटिङ र सर्टकै कारण म्याच हार्न पुग्यौं। खेलाडीहरूले ठूलो सर्ट हान्ने चक्करमा फेरि विकेट गुमाउन थाले। लोस्कोरिङ खेलमा खेलाडीहरूले हतारिएर ब्याटिङ गरिरहेका छन्। टेक्निकभन्दा बढी खेलाडीहरूले बल प्रयोग गर्न खोज्दा आउट भए,’ केन्यासँगको दोस्रो हारपछि उनले भने।  केन्याले प्रस्तुत गरेको १०२ र १३२ रनको लक्ष्य टी–२० फर्म्याटमा कुनै ठूलो स्कोर होइन। तर, नेपाली ब्याट्सम्यान यति सानो लक्ष्य पनि पूरा गर्न सकिरहेका छैनन्।

पहिलो खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा पनि ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबाहेक नेपालका कुनै ब्याट्सम्यानले गतिलो खेल प्रदर्शन गर्न सकेनन्। उनीहरूले क्रमश: २३, ३३ र २४ रन बनाएका थिए। यद्यपि, उक्त खेलमा नेपाल ५ विकेटको जित निकाल्न सफल भयो।

दोस्रो खेलमा १३३ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ११४ रनमै अलआउट भयो। यस खेलमा ओपनर पवन शर्राफले १९, रोहितकुमार पौडेलले २०, आरिफ शेखले २५ र आदिल अन्सारीले २० रन बनाउनुबाहेक नेपालका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तेस्रो खेलमा १५७ रनको विजयी लक्ष्य पछ्याउँदा पनि नेपाल ब्याटिङमै लड्खडाएको थियो। उक्त खेलमा ज्ञानेन्द्रले ४७ र डेब्यू खेल खेलेका अर्जुन साउदले ३५ रनको इनिङ्स नखेल्दिएको भए नेपालले केन्यालाई ४ विकेटले हराउन मुस्किल नै पर्थ्यो। उक्त खेलमा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र चल्नै सकेनन् भने रोहितले २९ रनको इनिङ्स खेलेर नेपालको इज्जत् जोगाइदिए।

चौंथौ खेलमा पनि नेपालको ब्याटिङ सुरूआतदेखि नै धर्मरायो। १० ओभर ३ बलमा नेपालले ६ विकेट गुमाउँदा मात्रै ४५ रन बनाएको थियो। यसअघि राम्रो खेल प्रदर्शन गरेर वाहवाही बटुलेका ज्ञानेन्द्र मात्रै होइन अर्जुनसमेत क्रिजमा टिक्न सकेनन्। उनीहरू सर्ट खेल्ने चक्करमा क्याच आउट हुन पुगे। 

Nepali-cricket-team1661850052.jpg

१०२ रनको सामान्य लक्ष्य पछ्याउँदा रोहितले ४७ रनको इनिङ्स खेल्दा ९ ब्याट्सम्यानले त १० रन पनि कटाउन सकेनन्। ‘स्कोर निकै कम थियो। तर, पनि हाम्रा खेलाडीहरू क्रिजमा टिक्न सकेनन्। यदि एक पनि ठूलो साझेदारी भएको भए खेल हामी सजिलै जित्ने थियौं। तर, त्यसो हुन सकेन,’ मुख्य प्रशिक्षक मनोजले भने।

बलिङकै भर
सन् २०१४ को विश्वकपका खेल होस् या २०२२ को केन्याविरूद्धको टी–२० आई सिरिज, यी दुवैमा नेपाल बलिङकै भरमा देखिन्छ। नेपालको बलियो पक्ष भनेकै अहिलेसम्म बलिङ नै हो। बलिङकै भरमा नेपालले विपक्षी टोलीलाई धरासायी बनाउँदै आइरहेको छ। जारी सिरिजका खेलमा पनि नेपालको बलिङ उत्तिकै बलियो देखिरहेका छ।

चौंथो खेलमा नेपालका कप्तान सन्दीपले ४ ओभरमा ९ रन दिँदै ५ विकेट लिएका थिए। यो सन्दीपको टी–२० आई करिअरकै उत्कृष्ट बलिङ हो। यसका साथै नेपालबाट टी–२० आईमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो। योसँगै उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन्। सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा १५२ विकेट लिइसकेका छन्।  

तर, खराब ब्याटिङकै कारण नेपालले सोमबार सन्दीपको उक्त कीर्तिमानको उत्सव भने मनाउन पाएन। उक्त खेलमा मात्रै होइन सन्दीपले ३ खेलमा १० विकेट लिइसकेका छन्। उनी तेस्रो खेलमा मात्रै विकेटविहीन भएका थिए। उनीमात्रै होइन, करण केसी, सोमपाल कामी र दीपेन्द्रले समेत केन्यालाई बलिङकै भरमा सस्तैमा समेटेका छन्। तर, नेपालको खराब ब्याटिङकै कारण उनीहरूको उत्कृष्ट बलिङसमेत छायामा पर्दै आइरहेको छ। 

कप्तान सन्दीप पनि यो कुरालाई अस्वीकार गरिहाल्न सक्दैनन्। चौंथो खेलमा आफूले ५ विकेट लिएपनि ब्याटिङकै कारण खेल हार्दा निक्कै नराम्रो लागेको उनको भनाइ छ।

‘पाँच विकेट लिँदा खुशी भएपनि अन्त्यमा टिमले हार्दा निकै नराम्रो लाग्यो। टिमको बलिङ राम्रो भएपनि ब्याटिङ निकै खराब रह्यो। अन्तर्राष्ट्रिय म्याचमा यतिको रन चेज गर्न सक्नुपर्ने हो, तर हामीले गर्न सकेनौं। यसबारे सोच्नैपर्ने बेला आएको छ,’ उनले भने।

के सुधार भयो?
मनोज नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त हुँदैगर्दा नै उनीबाट नेपाल क्रिकेट संघ (क्यान)ले ब्याटिङमा सुधार हुने अपेक्षा राखेको थियो। उनी आउँदा टोली अहिलेको जस्तै ब्याटिङमा निक्कै संघर्ष गरिरहेको थियो। मनोजले पनि आफूले नेपाली टोलीको अध्ययन गरेको जानकारी दिँदै देखिएको समस्या ३ महिनाभित्र सुधार गर्ने वाचा गरेका थिए।

अहिले उनको नेपाली टोलीमा पहिलो महिना चलिरहेको छ। तर, उनले राष्ट्रिय टोलीमा परेका १६ खेलाडीलाई नजिकैबाट चिन्ने अवसरसमेत प्राप्त गर्न सकेका छैनन्। साउन २८ गते काठमाडौं ओर्लिएका उनले नेपाली टोलीलाई दुई दिनमात्र विशेष प्रशिक्षण दिन पाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नियमित पानी परिरहँदा त्यसको असर भने मुख्य प्रशिक्षक मनोजमा पर्न गर्‍यो। उनले प्रशिक्षण गराउँदा खेलाडीसँग पोजिसनबारे जानकारी लिने मौका मात्रै पाए। उनले जो खेलाडीले आफ्नो जुन पोजिसन बताए त्यही पोजिसनमा खेलाडीलाई मैदान उतारिरहेका छन्। जुन केन्यासँगको ४ खेल हेरेर पनि थाहा पाउन सकिन्छ।

Nepal-vs-kenya1661850052.jpg

उनले प्रयोग गरिरहेका खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सकिरहेका छैनन्। सुरूआती दुई खेलमा २४ रन जोडेका ओपनर आसिफ शेखलाई बेञ्चमा राखेर नयाँ खेलाडी अर्जुनलाई प्रयोग गर्दै आएका छन्। 

यता, नियमित ओपनर कुशल भुर्तेलको अनुपस्थितिमा मुख्य प्रशिक्षक मनोजले पवनलाई बारम्बार मौका दिइरहेका छन्। पवन सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)यता नेपाली टोलीमा सुरूआती ११ मा स्थान बनाउनसमेत संघर्षरत थिए। लामो समयपछि टोलीमा सुरूआती ११ मा स्थान बनाउँदा उनले केन्याविरूद्धको चारवटै खेलमा ओपनिङ गरेका छन्। तर, उनले ओपनिङमा आफूलाई प्रमाणित भने गर्न सकेका छैनन्।

उनले सुरूआती दुई खेलमा आसिफसँग ओपनिङ गरेका थिए। तर, ती दुई खेलमा २० रन मात्रै बनाउन सके। त्यसपछि मुख्य प्रशिक्षक मनोजले आसिफलाई बेञ्चमा राख्दै पवन र अर्जुनको जोडी बाध्ने प्रयास गरे। त्यसमा पनि पवनले आफूलाई प्रमाणित गर्न सकेका छैनन्। उनले तेस्रो खेलमा १९ रन बनाए। चौंथो खेलमा भने खाता खोल्न सकेनन्।

पवनले मात्रै होइन मुख्य प्रशिक्षक मनोजले दोस्रो खेलमा मैदान उतारेका अलराउन्डर बसिर अहमदले समेत आफूलाई प्रमाणित गर्न सकेनन्। नेपाली टोलीबाट डेब्यू गरेका बसिरले ब्याटिङ गर्ने मौका पाएनन्। यद्यपि, २ ओभर बलिङ गर्दा १९ रन खर्चिए उनी महंगो सावित भए। त्यसयता उनलाई मुख्य प्रशिक्षक मनोजले मैदान उतारेका छैनन्।

अहिले नेपाली टोलीलाई हेर्दा मुख्य प्रशिक्षक मनोज आफैं अलमल्लमा परेको जस्तो देखिन्छ। मैदानमा रहेका खेलाडीले पनि उनको रणनीति बुझ्न नसकेको जस्तो देखिन्छ। त्यसैले पनि होला खेलाडी र प्रशिक्षकबीच कुनै तालमेल मिलेको देखिँदैन। यद्यपि, मुख्य प्रशिक्षक मनोज अन्तिम खेलमा भएपनि नेपालको कमिकमजोरीलाई सुधार गर्दै सिरिज कब्जा गर्ने योजनामा छन्। ‘ब्याटिङमा देखिएका समस्या र गल्तीहरू सुधार गर्दै जान्छौं। अन्तिम तथा निर्णायक म्याचमा नेपालले उत्कृष्ट  खेल्नेछ,’ उनी दाबी गर्छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
एन्फासँग अल्मुताइरीको टसलले प्रदीपलाई दशैंमा परेको ‘चिठ्ठा’!
सम्बन्धित सामग्री
थाइल्याण्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १ सय ५९ रनको लक्ष्य दिएको छ । मंगलबार, जेठ ६, २०८२
थाइल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुर... मंगलबार, जेठ ६, २०८२
हैदरावाद संग पराजित भए संगै प्ले अफ दौडबाट बाहिरियो लखनउ २०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो । २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका... मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्