काठमाडौं – एसिसी मेन्स यु १६ इस्ट जोन कपको फाइनलमा नेपालको कसिलो बलिङका कारण सिंगापुर १ सय १३ रनमा अल आउट भएको छ।
नेपालले उपाधि जित्न १ सय १४ रनको सामान्य लक्ष्य पाएको छ।
मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन मात्र बनाउन सक्यो।
सिंगापुरका लागि रोहन अस्टिनले ८४ बलको सामनामा सर्वाधिक २३ रन बनाए। कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे।
वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए। सिंगापुरका अन्य ब्याटरले नेपालको कसिलो बलिङसामू खुलेर खेल्न नसक्दा दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि शुशिल बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।