काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन गरेर गएकोमा सभापति शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन्।
आइतबार कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै गठबन्धन गरेकोप्रति व्यङ्ग्य प्रहार गरेका हुन्।
‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो। ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन्,’ भण्डारीले भने, ‘त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या।’
आफूलाई गठबन्धनको बेलामा पनि निर्वाचनमा टिकट दिएकोमा धन्यवाद दिँदै भण्डारीले गठबन्धन गर्दा धेरै नेताहरू टिकट पाउन र जनप्रतिनिधि बन्न छुटेको बताए।
उनले भने- ‘भ्रातृ संस्थाको अधिवेशन केन्द्रमा केन्द्रीय सभापतिले गराउनुस्। प्रदेशमा प्रदेश सभापतिलाई दिनुस्। जिल्लामा जिल्ला सभापतिलाई दिएर यो अधिवेशन गराउनुस्। यो झगडा गराएर केही पनि फाइदा छैन। अहिलेका कुनै पनि भ्रातृ संस्थाका समितिको काम छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।