जनकपुरधाम– महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुँडिएर खस्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
औरही नगरपालिका वडा नं ७ भोयल टिमकियास्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका मजदुरको मृत्यु भएको हो ।
मृतक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् ।
मजदुरको घटनास्थल करेन्ट लागेर मृत्यु भएको स्थानीय रोशन यादवले बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विद्युत् प्राधिकरणको लापरबाहीको कारण तार चुँडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।