काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि विराटनगर किंग्सले ६ खेलाडी रिटेन गरेको छ ।
विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी विराटनगरमा रिटेन भएका हुन् ।
दीपक बोहरा, राजेश पुलमी मगर, मिर्नल गुरुङ, जितेन्द्र मुखिया र अनिल खरेल रिलिज भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।