काठमाडौं– वडा अधिवेशन सकिएका ६४ जिल्लामा नेपाली कांग्रेसले शनिबारदेखि पालिका अधिवेशन सुरु गरेको छ।
केही स्थानीय तहमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ भने धेरैमा निर्वाचनमार्फत् नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका स्थानीय तहमा भएको अधिवेशनमा भने केन्द्रकै नेताहरु बढी हावी भएका देखिएको छ।
तनहुँमा वरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्य प्रदीप पौडेल, शंकर पौडेलको पनि प्रभाव देखिएको छ।
व्यास नगरपालिकाको सभापतिमा सूर्यचन्द्र हड्खले विजयी भएका छन्। उनी वरिष्ठ नेता पौडेल निकट हुन्। वरिष्ठ नेता पौडेल निकट रामकुमार श्रेष्ठ भानु नगरपालिका कार्यसमितिको सभापतिमा विजयी भएका छन्।
शुक्लागण्डकी नगरपालिकामा गोपीबहादुर गुरुङ विजयी भएका छन्। उनी केन्द्रीय सदस्य प्रदीप पौडेल निकट हुन्।
प्रदीप पौडेल निकट यम थापा घिरिङ गाउँपालि समितिको सभापति बनेका छन्।
यस्तै, आँबुखैरेनी गाउँपालिका कार्यसमितिको सभापतिमा विष्णु पन्त विजयी भएका छन् भने बन्दीपुरमा कर्णबहादुर खत्री विजयी भएका छन्। दुवै जना केन्द्रीय सदस्य शंकर भण्डारी निकट हुन्।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले निकट स्थानीय नेता पनि एक पालिकाको सभापतिमा विजयी भएका छन्। माग्दे गाउँपालिका कार्यसमितिको सभापतिमा वाग्ले निकट रामभक्त घिमिरे विजयी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।