स्याङ्जा- नेपाली कांग्रेस वालिङ नगर कार्यसमितिको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेत्रप्रसाद पाण्डे विजयी भएका छन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको स्थानीय तहको निर्वाचनमा उनी २४९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी भुपराज बगालेले १९० मत प्राप्त गरे।
वालिङ नगर सभापति चयनका लागि कुल ४४४ मत खसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।