• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले विधान महाधिवेशन : ५ हजारभन्दा बढी सहभागी, काठमाडौंका प्रमुख स्थानबाट लाइभ
64x64
बीपी अनमोल बुधबार, असोज १३, २०७८  ०७:५६
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी जीवनमै पहिलोपटक विधान महाधिवेशन गर्दै छ। असोज १५ देखि १७ गतेसम्मका लागि तोकिएको यो महाधिवेशन ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न हुँदै छ। महाधिवेशन आयोजनाका लागि रोजिएको यो सम्मेलन केन्द्रको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेकै बेला गत वैशाखमा गरेका थिए।

एमालेले यस महाधिवेशन धेरै अर्थमा महत्त्वपूर्ण हुने दाबी गरेको छ। त्यसलाई भव्य र सभ्य बनाउन उसले पार्टीपंक्तिलाई पूर्णरुपमा परिचालन गरेको छ। विधान महाधिवेशन आयोजक कमिटी सदस्य एवं मिडिया संयोजक खिमलाल भट्टराई महाधिवेशनको तयारीलाई तीव्र पारिएको बताउँछन्।

एमालेले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा महाधिवेशनमा व्यवस्थापन कमिटी गठन गरेको छ। जसमा कृष्णगोपाल श्रेष्ठ, सुशीला नेपाल, पासाङ शेर्पा, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य सदस्य रहेका छन्। कमिटीको सचिवमा शेरबहादुर तामाङ छन्।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, केन्द्रीय निकाय, विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रको प्रतिनिधि, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू र केन्द्रले मनोनीत गर्ने १० प्रतिशतसमेत गरी पाँच हजारभन्दा बढी संख्यामा प्रतिनिधिहरुको सहभागिता रहनेछ।

एमाले छाडेर माधवकुमार नेपालसहितका केही नेताहरुले छुट्टै पार्टी दर्ता गरेको परिस्थितिमा हुन लागेको विधान महाधिवेशनले अबको एमाले कस्तो हुन्छ भन्ने पनि प्रस्ट हुने नेताहरुको भनाइ छ।

पाँच हजारभन्दा बढी प्रतिनिधिको व्यवस्थापन
विधान महाधिवेशनमा पाँच हजारभन्दा बढी संख्यामा प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ। सोही संख्याको व्यवस्थापनका लागि सम्मेलन केन्द्रमा आवश्यक तयारी गरिएको छ।

‘भुगोल, जनसंगठन, पेसागत संगठन, प्रवास संगठनबाट सहभागी हुने प्रतिनिधि छनोट भइरहेको छ। समावेशीका आधारमा महिला, दलित, जनजातिको पनि उल्लेख्य सहभागिता हुने गरेर योजना बनाइएको छ,’ भट्टराईले भने, ‘त्यसैले पाँच हजारभन्दा बढी नै सहभागी हुन्छन्।’

Ncell 2
Ncell 2

सो संख्याका प्रतिनिधिहरुका लागि सम्मेलन केन्द्रको हलभित्र तीन हजार कुर्सी राखिएका छन् भने त्यस बाहिर दायाँबायाँ एक-एक हजारका हिसाबले कुर्सी राखेर व्यवस्थापन गरिएको छ। त्यस्तै अरु प्रतिनिधिहरुको लागि पछाडितिरको बाल्कोनी जस्तो भागमा आवश्यक व्यवस्थापन गर्ने तयारी गरिएको छ।

बिहान ९ देखि ११ बजे खाना समय
विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई समयमा नै कार्यक्रम स्थलमा पुग्नुपर्ने निर्देशन दिइएको छ। मिडिया संयोजक भट्टराईका अनुसार सम्मेलन केन्द्रमा बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको छ।

विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यी तीनवटै प्रस्तावमा समूहगत छलफल गराउने एमालेले जनाएको छ।

‘बिहानको खाना र दिउँसोको खाजा हामीले सम्मेलन केन्द्रमा नै खुवाउने छौं,’ उनले भने, ‘साँझको खानाचाहिँ प्रतिनिधिहरुले बसेको ठाउँमा खानुहुन्छ।’

खाना र खाजा खुवाउनका लागि क्याटरिङ व्यवसायीहरुसँग टेन्डर मागिएको छ। सम्मेलन केन्द्रमा सहभागीहरुलाई बिहान ९ बजेदेखि ११ बजेसम्मको समय खानाका लागि निर्धारण गरिएको छ। ११ बजेदेखि दिनभर छलफल भएर साँझ ५ बजे सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। दिउँसो एक घण्टा भने प्रतिनिधिहरुलाई खाजा खानका लागि समय तोकिएको छ। 

आवासको व्यवस्थापन प्रदेश कमिटीले गर्ने
महाधिवेशनमा उपस्थितहरुको आवासको व्यवस्थापन प्रदेश कमिटीले नै गर्ने प्रबन्ध मिलाइएको छ।

‘काठमाडौंमा सम्पर्क मञ्चको सहयोग लिएर प्रदेश कमिटीले व्यवस्थापनको काम गर्नुहुन्छ। केन्द्रको तर्फबाट गर्नैपर्ने थोरै केही संख्यामा नगरी नहुने आवासको व्यवस्थापन मात्रै गर्छौं,’ उनले भने, ‘गोदावरी क्षेत्रमा धेरै सहभागी बस्दैनन्। ५०० बेड क्षमता मात्रै रहेको देखिन्छ। काठमाडौंमा बस्ने व्यवस्था नभएकाहरुको हकमा मात्रै त्यहाँ राखिन्छ।'

सहभागीहरुमध्ये धेरैजसो आ-आफ्नो नाता सम्बन्ध र साथीभाइहरुसँग नै बस्छन् भन्ने आफूहरुको आकलन रहेको भट्टराईले बताए।

स्यानिटाइजर र मास्क अनिवार्य
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई स्वास्थ्यका दृष्टिकोणले स्यानिटाइजर र मास्क भने अनिवार्य गरिएको छ। सम्मेलन केन्द्रमा सहभागी हुनेहरुको अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्ने व्यवस्था पनि मिलाइएको छ। कार्यक्रमस्थलमा प्रवेश गर्नुपूर्व नै सबैको ज्वरो नापिनेछ।

‘खोप लगाइसकेका नै धेरै प्रतिनिधि सहभागी हुन्छन् भन्ने हाम्रो बुझाइ हो,’ भट्टराई भन्छन्, ‘त्यसबाहेक पनि कार्यक्रम स्थलमा भौतिक दूरी कायम गर्ने गरेर व्यवस्थापन गरिरहेका छौं।’

सातदोबाटोदेखि कार्यक्रमस्थलसम्म बसको व्यवस्था
आयोजक एमालेले देशभरबाट विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुलाई कार्यक्रमस्थलसम्म जान र फर्किनका लागि बसको व्यवस्था गर्ने भएको छ। ललितपुरको सातदोबाटोदेखि बसको व्यवस्था गरिएको एमालेले जनाएको छ।

‘प्रतिनिधिहरु सातदोबाटोसम्म आफ्नो हिसाबले जानुहुन्छ। त्यहाँबाट हामीले गरेको व्यवस्थापनबाट कार्यक्रमस्थलतर्फ जानुहुन्छ,’ उनले भने, ‘निजी सवारीसाधनमा जानेहरु आफ्नो हिसाबले जानुहुन्छ। ट्राफिक व्यवस्थापन मिलाउने प्रयास गरेका छौं।’

प्रतिनिधिहरुलाई असोज १४ गतेसम्म काठमाडौं आइपुग्न भनिएको छ।

प्रमुख स्थानमा डिजिटल बोर्डमा लाइभ
पार्टी इतिहासमा नै पहिलोपटक आयोजना गर्न लागेको विधान महाधिवेशनलाई प्रविधिको सहायतामा थप भव्य बनाउने उद्देश्य लिएको छ। विभिन्न स्थानमा डिजिटल बोर्डबाट महाधिवेशनका गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी छ।

त्यसका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राखिएका बोर्डमार्फत् लाइभ गर्ने आवश्यक तयारी गरिएको विधान महाधिवेशन आयोजक कमिटीका मिडिया संयोजक भट्टराईले जानकारी दिए।

‘प्रचारप्रसारका लागि वाल पेन्टिङलगायतको काम हामी गर्दैनौं। डिजिटल बोर्डको प्रयोग गरेर प्रचारप्रसार गर्छौं। सञ्चार क्षेत्रको सहयोग पनि हुन्छ,’ उनले भने, ‘भव्य र ऐतिहासिक विधान महाधिवेशन गर्ने हाम्रो लक्ष्य छ। यो ऐतिहासिक रुपमा सम्पन्न हुन्छ।’

तीन दस्तावेजमाथि छलफल
विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यी तीनवटै प्रस्तावमा समूहगत छलफल गराउने एमालेले जनाएको छ।

‘हाम्रो पार्टी मात्रै होइन, कुनै पनि राजनीतिक दलले यसरी विधान महाधिवेशन गरेका छैनन्,’ भट्टराई भन्छन्, ‘राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनमा मात्रै केन्द्रित हुने भएकाले नीति र विधिमा बढी केन्द्रित हुनुपर्छ भनेर यो महाधिवेशन गर्न लागिएको हो।’

मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा पनि अध्यक्ष ओलीले विधान महाधिवेशनले पार्टीको नीति र विधिका बारेमा छलफल गर्ने र आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा त्यसकै आधारमा नेतृत्व चयन हुने बताएका थिए।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०७:५६
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीक... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्... शुक्रबार, जेठ ९, २०८२
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्