• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
चोलेन्द्रले किन प्रस्ताव गरे न्यायाधीशहरुको सामूहिक राजीनामा?
64x64
किशोर दहाल बुधबार, कात्तिक १०, २०७८  १६:३०
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको 'भूमिका'लाई लिएर न्यायाधीशहरु नै 'आन्दोलित' हुँदा मुलुकको सर्वोच्च अदालत केही दिनयता भयानक अन्योलबाट गुज्रिरहेको छ। सर्वोच्च अदालतका सबै गतिविधि बिथोलिएका छन्। बहुमत (१५ जना) न्यायाधीशदेखि कानुन तथा न्याय क्षेत्रका सबैजसोले जबराको राजीनामा मागिरहेका छन्। 

उनको राजीनामाको विषयमा सम्पूर्ण कानुनी क्षेत्र एकमत देखिएको छ। कानून क्षेत्रले एक स्वरमा भनिरहेको छ– प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ। त्यसले नै जबरा र न्यायालय दुवैलाई कमभन्दा कम क्षति पुग्नेछ। तर, जबराले भने राजीनामा नदिने प्रष्ट पारिसकेका छन्।

सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर राजीनामा दिन आग्रह गरेका थिए। सो भेटमा आफूले राजीनामा दिने विषयलाई जबराले अस्वीकार गरे। बरु, अन्य न्यायाधीशहरुका विषयमा पनि विवाद रहेको भन्दै उनीहरुले पनि राजीनामा दिने भए आफूले पनि दिनसक्ने बताए। साथै, उनले सार्वजनिक रुपमै आफू संविधानको प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट मात्रै जाने स्पष्ट पारेका छन्।

जबराले आफ्नो राजीनामाको माग उठिरहँदा सामूहिक राजीनामालाई बहसमा ल्याउनुको अर्थ के हुनसक्छ? उनी यो प्रस्तावमार्फत् के गर्न चाहन्छन्? नेपाल लाइभले कानून र न्याय क्षेत्रका सरोकारवालाहरुसँग यसबारे कुराकानी गरेको छ। त्यही कुराकानीका आधारमा हेर्दा देखिएका संकेत यस्ता छन्ः

फैसलाको पक्षमा थिएनन् भन्ने पुष्टि
जबराले न्यायाधीशहरुसँगको भेटमा प्रस्ताव गरेको 'विवादित' न्यायाधीशहरुको 'सामूहिक राजीनामा'को दुई पाटो छन्। त्यसमध्ये एक हो- असार २८ गतेको फैसलासँग जोडिएका न्यायाधीशहरुको बहिर्गमन। जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध परेका निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले असार २८ गते फैसला गरेको थियो। जसमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पटक प्रतिनिधि सभा विघटन गर्दा जबरासँग सेटिङ गरेको चर्चा व्यापक थियो। त्यससँग सम्बन्धित मुद्दामा जबराको चाहना प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सदर गर्ने नै थियो भनेर आकलन गरिन्थ्यो। तर, बहुमत न्यायाधीशहरु एकातर्फ हुँदा प्रधानन्यायाधीश समेत रहेका जबरालाई इजलासमा अल्पमतको रुपमा राय बझाउनु उपयुक्त थिएन। त्यसैले उनी सहमत भएको सरोकारवालाहरुको बुझाइ छ।

दुवै पटकको विघटनलाई बदर गर्ने सर्वोच्चको निर्णयलाई एमालेले गलत भन्दै आएको छ। साथै, अहिले देखिएको विवादको जरा पनि असार २८ को फैसला नै भएको उसको व्याख्या छ। 'पाँचै जनाले परमादेश जारी गरेर देश यो हालतमा पुर्‍याउनुभएको छ त पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र?', मंगलबार ७५३ वटै पालिकाको अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भनेका थिए।

ओलीले 'देश यो हालतमा पुर्‍याउनुभएको छ' भनेर जे संकेत गरेका छन्, जबराले पनि विवादित न्यायाधीशहरुले राजीनामा दिऊँ भन्दै ओलीकै अभिव्यक्तिलाई सदर गरिदिएका छन्। जबकि, फैसलामा राय नबझाएका कारण आवश्यक पर्दा जबराले सो फैसलाको डटेर बचाउ गर्नुपर्ने हो। तर, आफू सो फैसलाको पक्षमा थिइनँ, बाध्यताले मानिदिनुपरेको हो भन्ने पुष्टि गर्ने अभिव्यक्ति दिएका छन्।

विषयान्तर गर्ने प्रयत्न
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषय उठ्नुको केही विशेष कारणहरु छन्। मन्त्रिपरिषद् गठनदेखि राजदूत सिफारिसम्ममा बागबण्डा मागेको, कतिपय मुद्दाको छिनोफानो गर्न ढिलाइ गरेको, कतिपय मुद्दाको सुनुवाइमा इजलास गठन गर्दा 'नियत' राखेको जस्ता कारणले न्यायपालिका नेतृत्वको रुपमा जबराले विश्वसनीयता गुमाएको आरोप अहिले लागिरहेको छ।

आफूमाथि उठेका प्रश्नको यथोचित जवाफ दिनुपर्ने अवस्थामा रहेका प्रधानन्यायाधीश जबरा भने सबैलाई विवादितको खाल्डोमा हालेर मुख्य विषयलाई अन्तै मोड्न खोजिरहेको देखिन्छ। उनी आफ्नो कमजोरीबाट प्राप्त हुन लागेको सजायमा सबैलाई मुछ्न खोजिरहेका छन्। झगडीया दाजुभाइले अभिभावकबाट सजाय पाउने बेला अर्कोलाई पनि दोषी देखाउन प्रयत्न गरेजस्तो उनको स्वभाव देखिन्छ।

अहिले चर्चामा आइरहेको भागबण्डाको यथार्थ के हो? उनी त्यसमा संलग्न हो कि होइन, होइन भने उनीसँग यो विषय कसरी जोडियो? न्याय निरुपणसँग सम्बन्धित विभिन्न प्रक्रियागत विषयमा उनको नियतमाथि उठिरहेको प्रश्नहरु जायज हुन् वा होइनन्? त्यसलाई प्रष्ट पार्नु उनको दायित्व थियो। उनका कमजोरी झल्किने ती विषयमा आफ्नै बचाउ गर्न सकेका छैनन्, तर आफूमाथि प्रश्न उठाउनेहरुलाई 'तिमीहरुले पनि राजीनामा दिने भए म पनि दिउँला' भन्ने असान्दर्भिक र अव्यावहारिक प्रस्ताव अघि सारेका छन्।

सबैलाई विवादित करार गराउन सकिन्छ भन्ने रणनीति
मंगलबार प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न सुझाव दिन जानेमा १५ न्यायाधीश थिए। अहिले अमेरिकामा रहेका ईश्वर खतिवडा र काठमाडौं बाहिर रहेका सपना प्रधान मल्ल र अनिल कुमार सिन्हाले पनि उनीहरुको अभियानमा सहमत रहेको इमेल पठाएका थिए। सर्वोच्चमा अहिले प्रधानन्यायाधीश सहित २० जना न्यायाधीश छन्। तर, जबराको विरुद्धमा १८ जना उभिइसकेका छन्। अब उनको पक्षमा उनी र तेजबहादुर केसी मात्रै देखिन्छन्। उनी पनि बिदामा छन्, त्यसैले कता खुल्छन् स्पष्ट छैन।

विवादित सबैले राजीनामा दिने हो भने मैले पनि दिने भनेर प्रधानन्यायाधीश जबराले सर्वोच्चका सबै न्यायाधीश विवादित रहेको पुष्टि गराउने प्रयन्त गरेका छन्। एमालेले चर्चा गरेको जस्तो असार २८ को फैसलासँग मात्रै अहिलेको विवादलाई जोड्ने हो भने जबरासहित ५ न्यायाधीश विवादित भन्न सकिएला। तर, जबराको भनाइलाई अझै फराकिलो ढंगले हेर्न सकिन्छ।

सर्वोच्चबाट अनेकथरी फैसलाहरु भइरहन्छन्। तीमध्ये कैयौं विवादित बनिरहेका छन्। एनसेल, नेकपाको नाम विवाद, रञ्जन कोइराला, रामहरि श्रेष्ठ हत्या जस्ता मुद्दामा गरिएका फैसलाहरु विवादमा परेको पछिल्लो समय नै हो। यी फैसलाहरुमा जोडिएका कतिपय न्यायाधीशहरु बहिर्गमनमा परे पनि अधिकांश अहिले पनि सर्वोच्चमै छन्। जबराको अभिप्राय देखिन्छ- 'सर्वोच्चमा रहेका सबैजसो न्यायाधीशहरु साना-ठूला विवादमा परेका छौं। म विवादित हुँला, तर तिमीहरु पनि निर्विवादित छैनौ‌। त्यसैले एकअर्कालाई नंग्याएर होइन, मिलेर बसौं।'

'राजीनामा दिन्नँ'
'विवादित सबैले राजीनामा दिने भए मैले पनि दिउँला' भन्नुको कारण हो, त्यस्तो अवस्था आउने छैन। किनकि, त्यस्तो सामूहिक बहिर्गमनको न त आधार तयार भएको छ, न त त्यो व्यावहारिक छ। त्यस खालको अभिव्यक्ति दिएर उनले आफूले राजीनामा नदिने प्रष्ट पारेका हुन्।

जबराले सार्वजनिक रुपमै आफू संवैधानिक प्रक्रियाबाट आएकोले त्यही प्रक्रियाबाट मात्रै जान सक्ने भनेका छन्। 'म विधि र प्रक्रियाबाट आएको हुँ। विधि र प्रक्रियाबाट म जान तयार छु। तर, कसैको दबाब र कसैको प्रभाव, कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भनेको अराजकता हो। गैरजिम्मेवारी हो। गैरकानुनी र गैरसंवैधानिक हो। यस्तो क्रियामा म विश्वासै राख्दिनँ। यस्तो क्रियाबाट प्रधानन्यायाधीशले निकास दिनुपर्छ, राजीनामा दिनुपर्छ भन्ने भ्रमपूर्ण चिजलाई कुनै पनि मानेमा स्वीकार गर्दिनँ', मंगलबार बीबीसी नेपालीलाई दिएको अन्तर्वार्तामा जबराले भनेका थिए।

जबराले राजीनामा नदिए उनलाई महाभियोग लगाउनुपर्ने माग सरोकारवालाहरुको छ। तर, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरु नै उनी विरुद्ध बोल्न हिच्किचाइरहेका छन्। उनीहरु यो समग्र विवादलाई दलको चासोको क्षेत्रभन्दा बाहिरै राख्ने प्रयत्न गरिरहेका छन्। त्यसैले उनीहरु महाभियोगको प्रक्रियामा अघि बढ्न सक्ने देखिँदैन। बरु, दलहरुको चाहना जबरा नै नेतृत्वमा निरन्तर रहुन् भन्ने देखिन्छ। त्यस्तो चाहना राख्नेमा सत्तापक्ष र विपक्षी दुवै थरी छन्। त्यसैले पनि जबराले आफूले महाभियोग पनि सामना गर्ने चुनौती दिएका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्