• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद् अधिवेशन अन्त्य, प्रधानमन्त्री बेलायततिर : अघि बढ्ला त प्रधानन्यायाधीशमाथि महाभियोगको पहल? 
64x64
बीपी अनमोल शुक्रबार, कात्तिक १२, २०७८  १६:०५
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक र कानुनी क्षेत्र पुरै आन्दोलित छ। सर्वोच्च अदालतका सबैजसो न्यायाधीशले जबराको राजीनामा मागेका छन्। नेपाल बार एसोसिएशन, सर्वोच्च बार मात्र होइन, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि जबराको राजीनामा मागेका छन्। 

चौतर्फी घेराबन्दीमा परे पनि प्रधानन्यायाधीश जबरा भने कुनै हालतमा राजीनामा नदिने अड्डी कसिरहेका छन्। आफूविरुद्ध आन्दोलन गरिरहेका न्यायायधीशहरु ‘विवादित रहेकाले’ उनीहरुले राजीनामा दिए आफूले पनि दिन सक्ने तर्क जबराको छ ।

आफू संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश नियुक्त भएको र संवैधानिक प्रक्रियाबाटै बाहिरिन तयार रहेको भन्दै उनले अप्रत्यक्ष रुपमा आफूलाई महाभियोग लगाएर हटाउन चुनौती दिएका छन्। 

प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलित न्यायिक र कानुनी क्षेत्रले के गर्ला? स्वाभाविक रुपमा राणालाई हटाउन महाभियोग नै एक मात्र विकल्प हुनेछ। तर, यो प्रक्रिया मुलतः राजनीतिक दलहरुको हातमा हुन्छ। यतिबेला राजनीतिक दलहरु भने यो विषयमा मौन बस्न रुचाएका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यसबारे बोल्नै खोजिरहेका छैनन्। सर्वोच्चमा जारी अन्योलबीच सरकारले शुक्रबार मध्यरातबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। र, शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेका छन्। संयुक्त अधिराज्यको ग्लास्गो सहरमा आउँदो नोभेम्बर १–२ मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन्। 

संघीय संसद्को अधिवेशन अन्त्य गरिनु र प्रधानमन्त्री देउवा यहीबेला केही दिनका लागि देशबाहिर जानुलाई कतिपयले प्रधानन्यायाधीश जबरा प्रकरणबाट दलहरु उम्किन चाहेको अर्थमा बुझ्नुपर्ने बताइरहेका छन्। त्यो भनेको जबरा स्वयंले राजीनामा नदिने र उनीविरुद्ध महाभियोगको प्रस्ताव पनि अघि नबढ्ने अन्योलपूर्ण अवस्था हो।

के होला महाभियोगको चर्चा?
प्रधानन्यायाधीश जबराले राजीनामा दिएनन् भने उनीमाथि महाभियोगको प्रस्ताव अगाडि बढ्ला त? संसदको अधिवेशन अन्त्य हुँदैमा र प्रधानमन्त्री देउवा देशबाहिर रहँदैमा प्रस्ताव अघि बढाउन कुनै अबरोध भने हुँदैन। किनभने प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले जुनसुकै बेला संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गर्न सक्छन् र त्यस्तो प्रस्ताव दर्ता हुनासाथ प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा पर्छन्।

तर, त्यसका लागि पहल हुने सम्भावना भने देखिँदैन। प्रमुख प्रतिपक्ष एमालेले प्रधानन्यायाधीश जबरालाई जोगाउने गरी अरु चार जना न्यायाधीशमाथि ‘कारबाही’ हुनुपर्ने वा उनीहरुले राजीनामा दिनुपर्ने अनौठो प्रस्ताव अघि सारेको छ। ठ्याक्कै यस्तै प्रस्ताव प्रधानन्यायाधीश जबराले पनि अघि सारेका छन्। यी सबै प्रकरणले एमाले प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पक्षमा नरहेको बुझ्न सकिन्छ। 

Ncell 2
Ncell 2

सत्ता गठबन्धनमा पनि अहिले त्यो तत्परता देखिँदैन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि महाअभियोगबारे नसोचिएको सार्वजनिक रूपमै बताइसकेका छन्। 

गठबन्धनको संयुक्त बैठक बसेर पनि यसबारे कुनै ठोस पहल भएको छैन। कम्तीमा देउवा बेलायतबाट नफर्कंदासम्म यसबारे पहल हुने देखिँदैन। यो अन्योलबीच सर्वोच्चमा प्रधानन्यायाधीशले इजालस तोक्ने र अन्य न्यायाधीशले इजलास बहिष्कार गर्ने क्रम गत आइतबारदेखि जारी छ। कानुन व्यवसायीहरुले पनि बेञ्च बहिष्कार गर्नेदेखि अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहेका छन्। न्यायालयमा देखिएको विवादको मारमा भने न्यायको खोजीमा रहेका सेवाग्राही परेका छन्। 

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा प्रधानन्यायाधीशको क्षमता, काम–कारबाही र नियतलाई लिएर सुरुआतदेखि नै टिकाटिप्पणी भइरहेको, उनलाई महाभियोग लगााएर पदमुक्त गर्न संसद र सांसदहरु चुकेको टिप्पणी गर्छन्। ‘उहाँको बारेमा प्रश्न उठेको अहिले होइन, प्रधानन्यायाधीश भएको केही महिनादेखि नै संकेत देखिएका थिए,’ उनले भने, ‘राजदूत नियुक्ति, संवैधानिक निकायमा नियुक्ति, मुद्दा छानेर जथाभावी फैसला गरेको विषयमा टिकाटिप्पणी भएकै बेला नै महाअभियोग लगाउनुपर्ने थियो।’

उनले यसमा संसद् र सांसदले यसको जवाफ दिनुपर्ने बेला सदन अन्त्य गरिएको टिप्पणी पनि गरे। ‘सहकर्मी न्यायाधीशले इजलास बहिस्कार गर्ने, चौतर्फी विरोध भइसक्दा पनि लाजै नमानेर बस्ने कुराले समग्र मुलुकलाई राम्रो गर्दैन,’ उनी भन्छन्, ‘उहाँले अहिलेको परिस्थितिमा बाटो छोडिदिनुपर्छ।’

दलहरुले अदालतमा खेल्न खोज्ने र अदालतले दलभित्र खेल्न खोज्ने हिजो भएको गलत परम्पराको थालनीबाटै अहिलेको परिणाम निस्केको उनी बताउँछन्। 
पूर्वसभामुख दमननाथ ढुंगानाले यो घच्चाघच्ची यसैगरी चलिरहने हो भने समयले नै यसको छिनोफानो गर्ने बताए। ‘संविधानले तोकेको जिम्मेवारीमा रहेका कुनै पनि संस्थाको नेतृत्वले जिम्मेवारी पुरा गर्न सकेनन्,’ उनले भने, ‘त्यसकारण सबै संस्था अहिले असफलताको बाटोमा गइरहेका छन्।’ 

यहीबेला चलिरहेको संसद् अन्त्य गरेर सरकारले अर्को गलत कदम चालेको टिप्पणी उनले गरे। राज्यका तीनवटै अङ्ग असफलतातर्फ गइरहेको उल्लेख गर्दै ढुंगानाले सरकार नै प्रधानन्यायाधीशको पक्षमा जस्तो देखिइरहेको बताए। ‘आन्दोलनले निर्णय गरोस् भनेर सरकार पन्छिइरहेको छ। राजीनामा गर पनि भन्न मिल्दैन,’ उनले भने, ‘दायित्वबाट सरकार पलायन भइरहेको छ। प्रधानन्यायाधीशसँग मध्यस्थता गर्ने काम सरकार र संसदले गर्नुपर्थ्यो।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुनुअघिबाटै उनी कम्पनीक... शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्... शुक्रबार, जेठ ९, २०८२
भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्टालाई धुलोपिठो बनाइन्छ : प्रधानमन्त्री ओली राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्