• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
नेपाली इटालियन विकास मेराग्लियाको राष्ट्रिय लिग डेब्यू: समर्थक किन निराश?
64x64
दीप सुवेदी मंगलबार, मंसिर ७, २०७८  ०९:३२
1140x725

काठमाडौं- ‘इटालीमा व्यावसायिक फुटबल खेलिरहेका नेपाली मूलका विकास मेराग्लिया ‘ए’ डिभिजन लिग खेल्न नेपाल आउने।’

केही समयअघि यो समाचारले नेपाली फुटबल समर्थकमाझ निकै चर्चा पायो। अन्ततः विकास नेपाल आइपुगे र ‘ए’ डिभिजन लिगमा उनले पहिलो खेल पनि खेलिसकेका छन्।

एक वर्षका लागि च्यासल युथ क्लबमा आवद्ध विकासले गएको शनिबार थ्रीस्टारविरुद्ध खेल्दै ‘ए’ डिभिजनमा डेब्यू गरेका छन्। इटालीको यू–१६ राष्ट्रिय टिममा समेत खेलिसकेका र सिरि ‘ए’ क्लब एटलान्टा र भेनेजियाको युवा टोलीबाट व्यावसायिक फुटबल खेलेका विकासले दशरथ रंगशालामा समर्थकलाई भने निराश बनाए।

उनी २६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्न चुके। त्यतिबेला च्यासल एक गोलले पछि थियो। खेलको अन्य समयमा पनि उनले ‘आकर्षक खेल’ देखाउन सकेनन्। अन्ततः च्यासल ३–० गोलले हार्न पुग्यो।

खेल अवधिभर दर्शकले भने उनलाई साथ दिएका थिए। जब उनको खुट्टामा बल पुग्थ्यो, दशरथ रंगशालामा उपस्थित च्यासल र थ्रीस्टार दुवै टिमका समर्थक उभिएर उनलाई हौसला दिइरहेका थिए। उनीहरू कुनै क्लबको भन्दा पनि विकासको समर्थकजस्ता देखिएका थिए।

विकासको समर्थनमा दर्शकले ‘हुटिङ’ दिँदा थ्रीस्टारका खेलाडी पनि दबाबमा परेका थिए। उनको खेलबारे समर्थक मात्रै नभइ थ्रीस्टारका खेलाडीहरू पनि जानकार थिएनन्। यस्ता खेलाडी कुनै बेला विपक्षीका लागि खतरा हुन सक्छन्। त्यसलै नयाँ खेलाडीलाई फुटबलमा ‘गेम चेन्जर’को रुपमा लिने गरिन्छ।

विकासलाई थ्रीस्टारका डिफेन्डरहरु अनन्त तामाङ, निशान्त खड्का र रिम राफाएलले खेल अवधिभर ‘मार्क’ गरिरहेका थिए। अन्य खेलाडीले पनि उनलाई ‘टेक्निकल ट्याकल’को सिकार बनाइरहे। त्यसैले विकास थ्रीस्टारका लागि उस्तो खतरा भएनन्। 

वास्तवमा विकास मैदान उत्रिन तयारी अवस्थामा पनि थिएनन्। च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पनि लिग सुरु हुनुपूर्व विकास अहिले नै लिग खेल्न तयारी अवस्थामा नरहेको बताएका थिए। विकाससँग खेल्ने क्षमता रहे पनि टोलीमा उनको तालमेल नमिलेको र अनुभवको कमीसमेत रहेको बताएका थिए। तर, च्यासलले समर्थकहरुलाई मैदानसम्म आकर्षित गर्ने कडी विकासलाई नै बनायो।

व्यावसायिक फुटबलमा खेलाडीलाई खेलको समयमा मानसिक दबाबमा राख्नु हुँदैन। जति मानसिक दबाब बढ्यो, उत्तिकै मैदानमा देखाउने प्रदर्शन बिग्रदै जान्छ। सञ्चार माध्यममा १३/१४ वर्षका खेलाडीले यू–२० खेलमा डेब्यू गरेका समाचार आइरहेका हुन्छन्। त्यसरी डेब्यू गराउँदा उनीहरु शारीरिक रूपमा परिपक्व नभएको भनेर आलोचना पनि हुने गरेको छ।

तर, समर्थकले भने त्यस्ता खेलाडीबाट ठूलो अपेक्षा गरेका हुन्छन्। कलिलै उमेरमा इटाली पुगेका विकासबाट नेपाली दर्शकलाई त्यस्तै अपेक्षा थियो।

उनी सन् २००८ मा ६ वर्षकै उमेरमा गोदावरीको एक बालआश्रमबाट इटाली पुगेका थिए। इटालीको फुटबल वातावरणमा हुर्किएका विकासले विभिन्न उमेर समूहका प्रतियोगिता खेल्दा गजब क्षमता देखाएपछि चर्चामा आएका थिए। 

विकासको क्षमताबारे जानकार नेपालको राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई बोलाउनुपर्ने आशय व्यक्त गरेका थिए। अल्मुताइरीले विदेशमा रहेका नेपाली मूलका खेलाडीलाई नेपाली टिमबाट खेलाउनु पर्ने धारणा राखेपछि नेपाली खेलकुद वृतमा उनको नाम एकाएक चर्चामा आएको थियो। 

यसअगाडि उनको नाम न कसैले सुनेका थिए, न त कसैले खोजिनीति नै गरेका थिए। अल्मुताइरीले विकासबारे संकेत गरेपछि केही सामाचार माध्यमले उनी नेपाली राष्ट्रिय टोलीलाई उकास्न सक्ने खेलाडी भएको चित्रणसमेत गरेका थिए। नेपाली खेल समर्थक उनलाई हेर्न आतुर थिए। त्यसैले त्यो प्यास मेटाउन च्यासलले रातारात फोनकै भरमा मछिन्द्र क्लबलाई उछिन्दै उनलाई एक वर्षका लागि अनुबन्ध गरेको थियो।

त्यसको केही समयपछि नेपाल आएका विकासको लक्ष्य भने नेपालमा फुटबल खेल्नु नै थिएन। नेपाली समर्थकहरूले विकासले नेपालमा फुटबल खेल्ने सामाजिक सञ्जालमार्फत धारणा राखिरहँदा उनले भने त्यस्तो सोच नबनाएको प्रतिकृया दिएका थिए। इटालियन पासपोर्ट बोक्ने विकासले निकट भविष्यमै नेपाली टिमबाट खेल्ने सम्भावना छैन। किनभने उनले नेपालबाट खेल्न इटालियन पासपोर्ट त्यागेर नेपालको पासपोर्ट बोक्नुपर्छ।

उनी इटाली कसरी पुगे र नेपाल किन आएका हुन् भन्नेबारे सञ्चार माध्यमसँग खुलिसकेका छैनन्। उनले आफू व्यक्तिगत कामले नेपाल आएको र नेपालमा रहँदा फुटबल खेल्ने बताउने गरेका छन्। 

वास्तवमा उनी 'रिफ्रेस' हुन र आफ्नो बिछोडिएको परिवार खोज्न नेपाल आएका हुन्। उनी आफ्नो परिवारसँग मिलन हुन चाहन्छन्। तर, इटालीमा हासिल गरेको फुटबल कलाकौशललाई पनि गुमाउन चाहँदैनन्।

च्यासलका मुख्य प्रशिक्षक साहुखलका अनुसार विकासलाई नेपाली भाषा आउँदैन। अंग्रेजीमा समेत कमजोर छन्, उनी। उनलाई इटालियन भाषा मात्रै आउँछ, जुन बुझ्न दोभासे राख्नुपर्छ। यसले गर्दा टोलीसँग अभ्यास गर्न उनलाई समस्या परिरहेको छ। 

‘उनलाई भाषाको समस्या छ। उनले बोलेको अन्य खेलाडीले बुझ्दैनन्। अरुले बोलेको पनि उनी बुझ्दैनन्। जसले गर्दा उनी संकेत अनुसार खेलिरहेका छन्,’ साहुखल भन्छन्, ‘उनलाई ठूला लिगको अनुभव छैन। त्यसैले जति अपेक्षा थियो, त्यति उनले दिन सक्ने अवस्था छैन।’

मैदानमा संकेतसँगै भाषा र टोलीको तालमेल उत्तिकै महत्वपूर्ण हुन्छ। तर, विकाससँग यो खुबी नहुँदा उनले मैदानमा राम्रो खेल देखाउन सकेनन्।

थ्रीस्टारविरुद्धको खेलमा २५औं मिनेटमा पाएको पेनाल्टी च्यासलका लागि ‘टर्निङ पोइन्ट’ हुन सक्थ्यो। तर, विकासले त्यसलाई सदुपयोग गर्न सकेनन्। उनी दशरथ रंगशालामा उपस्थित समर्थकको हुटिङबाट ‘नर्भस’ जस्तो देखिएका थिए। उनको फितलो ‘ग्रासबल’ प्रहार थ्रीस्टारका गोलकिपर प्रिसोले सहजै बचाए। पहिलो खेलको नतिजा च्यासलका लागि बिर्सनलायक रह्यो।

खेलपछि सामाजिक सञ्जालमा समर्थकसँग विकासले भने, ‘मलाई थाहा छैन कहाँबाट सुरु गरौँ र मैले यस समयमा के फिल गरिराछु भनेर व्यक्त गर्ने शब्दबारे पनि थाहा छैन। म मेरो टिम मेम्बर, क्लब र समर्थकहरुसँग आजको खेलको नतिजाको लागि क्षमा माग्छु। मैले भन्न सक्ने भनेको नै ‘आई एम सरी’ हो।’

हरेक फुटबल खेलाडीको आ–आफ्नो विषेशता हुन्छ। विकासको विशेषता भनेको अन्य खेलाडीलाई बल पास दिएर गोलको मौका सिर्जना गर्ने हो। ‘लेप्ट विङ’बाट खेल्न रुचाउने विकासले ‘अट्याकिङ थर्ड’मा बल दिने गर्छन्। भर्खरै १९ वर्ष पुगेका विकासको प्रहार निक्कै फितलो छ। उनी आफैँ डिबक्स बाहिरबाट गोल गर्न सक्दैनन्।

यसअगाडि लिगको तयारीस्वरुप खेलिएको दुई खेलमा प्रशिक्षक साहुखलले विकासलाई पहिलो रोजाइमा मैदान उतारेका थिएनन्। शनिबार सुरुवाती रोजाइमै मैदानमा उत्रिएका विकासबाट साहुखल पक्कै सन्तुष्ट हुन सकेनन्। त्यसैले साहुखलले भनेको जस्तो विकासलाई च्यासलको ‘गेम चेन्जर’को रुपमा लिने बेला भइसकेको छैन।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
मेसीको इन्टर मियामी क्लब विश्वकप फुटबलबाट बाहिरियो जाओ नेभासले गरेको दुई गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रव... सोमबार, असार १६, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । आइतबार, असार १५, २०८२
पहिलो हाफमा लाओसविरुद्ध नेपाल २–० ले अगाडि नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। नेपालका लागि १२ मिनेटमा पहिलो गोल अनिता बस्नेतले ग... आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्