काठमाडौं - पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ९१९ पीसीआर र एक हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ।
उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १२० जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ लाख २७ हजार ५८४ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।