• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
एक वर्षका लागि नयाँ क्रिकेट प्रशिक्षक आउँदै, देसाई वा दासानायकेको सम्भावना
64x64
दीप सुवेदी बिहीबार, मंसिर १६, २०७८  २०:२१
1140x725

काठमाडौं- राष्ट्रिय क्रिकेट टोली तीन महिनादेखि प्रशिक्षणविहीन छ। गएको भदौ दोस्रो साता आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत राष्ट्रिय टिम ओमान भ्रमणमा रहँदा तत्कालीन प्रशिक्षक डेभ ह्वाट्मोरले उतैबाट राजीनामा पठाएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले ह्वाट्मोरलाई नै नेपाल फर्काउने प्रयास पनि गरेका थिए। तर, चन्दबाटै रुष्ट बनेका वाट्मोरले आफू नेपाली टोलीको प्रशिक्षण सम्हाल्न नसक्ने बताएका थिए। बरु क्यानका पदाधिकारी परिवर्तन भएमात्र नेपाल फर्कनसक्ने बताए। उनी ओमानबाट क्रिकेट टोलीसँग नेपाल नआइ बिदा भए।

त्यसलगत्तै क्यानले नयाँ प्रशिक्षक भित्र्याउने जनाएको थियो। यो अवधिमा नेपालको कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता थिएन। प्रशिक्षक भित्र्याउने प्रक्रिया बल्ल अन्तिम चरणमा पुगेको छ। क्यानले गरेको सार्वजनिक आह्वानअनुसार दरखास्त दिनेमध्ये छनोटमा परेका प्रशिक्षकसँग छनोट समितिले बुधबार 'भर्चुअल' अन्तर्वार्ता लिएको छ।

गएको कात्तिक १ मा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरिएको थियोे। तोकिएको मितिभित्र ६० जनाको आवेदन परेको थियो। त्यसमध्ये क्यानले १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो। तर, छनोट समितिले सात जनालाई मात्र अन्तर्वार्ताका छनोट गरेको थियो।

आवेदन दिन सात जनामध्ये बुधबार राति १० बजेसम्ममा पाँच जनाले मात्र अन्तर्वार्ता दिए। उनीहरुसँग क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधिले अन्तर्वार्ता लिएका थिए।

‘मुख्य प्रशिक्षका लागि अन्तर्वार्ता सकिएको छ। अब हामी प्रशिक्षकको माग र हाम्रो सीमितताका विषयमा छलफल गर्नेछौं,’ मुख्य प्रशिक्षक छनोट समितिका सदस्य तथा क्रिकेट म्यानेजर विनोद दासले भने, ‘सबै कुरा सकिन तीन-चार दिन लाग्छ। त्यसपछि मात्र मुख्य प्रशिक्षकको टुङ्‍गो लाग्नेछ।’

क्यानले पाँचमध्ये तीन जनाको सूची आईसीसीलाई पठाउनेछ। मुख्य प्रशिक्षकको अन्तिम टुङ्‍गो भने आईसीसीले लगाउनेछ। तर, प्रशिक्षकको तलबलगायत सेवा सुविधाको टुड्‍गो भने क्यानले लगाउनु पर्नेछ।

क-कसले दिए अन्तर्वार्ता?
क्यान स्रोतका अनुसार मोन्टी देसाई, पुबुदु दासानायके, अशंखा गुरुसिंहा, ग्रान्ट ब्राडवर्न र रुवान कल्पले अन्तर्वार्ता दिएका छन्। भारतीय नागरिक देसाई यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट थिए।

देसाई अहिले वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक छन्। अर्को महिनादेखि उनको सम्झौता सकिँदै छ। आवेदन परेकामध्येबाट देसाई नेपाल आउने सम्भावना उच्च रहेको क्यान स्रोतले जनाएको छ। ‘अहिलेको अवस्थामा देसाईको नाम अग्रस्थानमा छ। उहाँले अन्तर्वार्तामा पनि राम्रो प्रस्तुति दिनुभएको छ,’ एक पदाधिकारीले भने, ‘अब मासिक तलबको टुङ्गो लाग्न बाँकी छ।’

देसाईले नेपालसहित अफगानिस्तान, यूएई, क्यानडा, इन्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशलाई प्रशिक्षण दिइसकेका छन्। सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए। सन् २०१५ मा क्यान निलम्बनमा हुँदा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्वकप टी-२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। सन् २०१७ मा नेपाली यू-१९ टोलीले भारतलाई हराउँदा उनी नेपालका ब्याटिङ कन्सल्ट्यान्ट थिए।

‘वेष्ट इण्डिजसँगको सम्झौता सकिन लागेको छ। नेपाली क्रिकेटलाई नजिकबाट नियालिसक्नुभएका कारणले उहाँले नेपालको ब्याटिङ लाइन सुधार गर्ने अपेक्षा गरेका छौं,’ ती पदाधिकारीले नेपाल लाइभसँग भने। यसअघि डेभ ह्वाटमोर मुख्य प्रशिक्षक भएर आउँदा उनको पनि चर्चा भएको थियो। तर, त्यो बेला ह्वाटमोरलाई ल्याएको थियो।

यता, नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक श्रीलंकन पूर्वखेलाडी पुबुदु दासानायके फेरि फर्कने चर्चा पनि उत्तिकै छ। दासानायके नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक हुन्। उनी नेपाललाई पहिलोपटक टी-२० विश्वकप खेलाउने प्रशिक्षक हुन्।

दासानायकेले पनि नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएका छन्। मोन्टी देसाईसँग सम्झौता हुन नसके उनीसँग सेवासुविधाबारे वार्ता अघि बढाइने क्यान स्रोतले जनाएको छ। दासानायके पछिल्लोपटक एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक भएर आएका थिए।

यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको मुख्य प्रशिक्षक रहेका दासानायकेको पालामा नेपाली क्रिकेट टोलीले सन् २०१४ को टी-२० विश्वकपमा गतिलो छाप छोडेको थियो। बंगलादेशमा भएको विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएको नेपालले बंगलादेशलाई गतिलो चुनौती दिएको थियो। पुबुदुकै प्रशिक्षणमा क्यानडाले पनि सन् २०११ मा एक दिवसीय विश्वकप खेलेको थियो।

त्यसपछि उनी नेपाल आएका थिए। उनको नेतृत्वमा नेपाल विश्वकप क्रिकेट लिग डिभिजन फोर, डिभिजन थ्री र एसीसी ट्रफी एलिट च्याम्पियन भयो। उनले सम्हालेको नेपाली टिमले एसीसी टी-२० उपविजेता हुँदै आईसीसी छनोट पार गरेर विश्वकप खेलेको थियो।

तर, क्यानसँग विवाद सुरु भएपछि उनी नेपाल छोडेर गएका थिए। त्यसपछि उनी अमेरिकाको क्रिकेट टिमको प्रशिक्षक भएका थिए।

ह्वाटमोर छनोटमा पर्दा दासानायकेले पनि आवेदन दिएका थिए। ‘उहाँ हाम्रो रोजाइ पनि हो। उहाँलाई दोस्रो अप्सनमा राखेका छौं। उहाँ पनि नेपाली टोली सम्हाल्न सकारात्मक हुनुभएको छ,’ क्यानका ती पदाधिकारीले भने।

उच्च पारिश्रमिक र सेवासुविधा माग्ने प्रशिक्षकलाई नियुक्ति दिन क्यानका लागि मुस्किल हुने देखिन्छ। ‘हामीसँग आयस्रोत छैन। आईसीसीसँग नै निर्भर छौं। अब धेरै पारिश्रमिक र सेवासुविधा लिनेभन्दा पनि कममा राम्रो गर्न सक्ने प्रशिक्षक चुन्नेछौं,’ ती पदाधिकारीले भने। नेपाली क्रिकेटलाई नजिकबाट हेरिरहेका दासानायकेलाई टोलीको जिम्मा दिँदा ब्याटिङमा देखिएको समस्या समाधान गर्ने आशा क्यानको छ।

यता, श्रीलंका मूलका अस्ट्रेलियाली पूर्वक्रिकेटर अशंखा गुरुसिंहा पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दौडमा छन्। अशंखाले ११ वर्ष क्रिकेट खेलेका थिए। सन् १९९६ मा श्रीलंकाले विश्वकपको उपाधि जित्दा अशंखा टोलीका महत्त्वपूर्ण सदस्य थिए। खेलाडी जीवनपछि उनी प्रशिक्षकका रुपमा सक्रिय छन्। सन् २०१७ मा श्रीलंका टिमको म्यानेजर रहेका उनले सन् २०२० को अन्तिममा नाइजेरिया क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेर काम गरेका थिए।

प्रशिक्षकको ‘ए’ लेभल गरेका उनी अस्ट्रेलियाको स्टेट लेभलमा पनि काम गरेका छन्। क्यानले नयाँ प्रशिक्षकको सूचीमा उनलाई पनि राखेको छ।

प्रशिक्षकको दौडमा रहेका अन्य दुई नयाँ नाम ग्रान्ट ब्राडवर्न र रुवान कल्प हुन्। श्रीलंकाका पूर्वक्रिकेटर रुवान कल्पले सन् १९९२ देखि १९९९ सम्म त्यहाँको राष्ट्रिय टोलीबाट खेलेका थिए। खेलाडी जीवनबाट सन्यास लिएपछि उनी सन् २००८ मा बंगलादेशको राष्ट्रिय क्रिकेट एकेडेमीको प्रमुख प्रशिक्षक बनेका थिए।

हालैमात्र उनी ओमानको टी-२० टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका छन्। उनले बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक र स्पिन बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

यता, न्यूजिल्याण्डका पूर्वक्रिकेटर तथा प्रशिक्षक ब्राडवर्न पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न चाहन्छन्। सन् २०१८ देखि २०२१ सम्म उनले पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकको रुपमा काम गरेका थिए। त्यसपछि स्कटल्याण्डको टोलीसमेत हेरिसकेका छन्।

सन् २०१४ मा स्कटल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका उनले सन् २०१५ मा भएको आईसीसी विश्वकप क्रिकेटका लागि टोली तयार पारेका थिए। उनले न्यूजिल्याण्डको यू-१९ टोलीको मुख्य प्रशिक्षकको रुपमा पनि काम गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलबार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजम... मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो। मंगलबार, असार १७, २०८२
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो। मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्