काठमाडौं- नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज (शुक्रबार) १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।
महाशाखाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत उक्त खोप आउने भएको हो।
मोडर्ना खोप कसलाई लगाउने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन। खोप १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लगाउन सुझाव दिइएको छ।
यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।