काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप २३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती सङ्क्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल छ हजार ७९७ जनाको नमूना परीक्षण गर्दा २३८ जनामा कोरोना 'पोजिटिभ' देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २२० र एन्टिजेन विधिबाट १८ सङ्क्रमित पहिचान भएका छन्।
उक्त अवधिमा कूल पाँच हजार २९५ जनाको पीसीआर र एक हजार ५०२ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
उक्त अवधिमा कोरोना सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ३९२ जना सङ्क्रमितले कोरोना भाइरसलाई जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।