• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
पुबुदु फेरि नेपाली क्रिकेट सम्हाल्न आउँदै!
64x64
दीप सुवेदी बिहीबार, मंसिर २३, २०७८  २०:४७
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकलाई लिएर सिर्जित ‘सस्पेन्स’ अझै कायम छ। आवेदन दिएका ६० मध्ये पाँच जनासँग अन्तर्वार्ता लिएर दुई जनाको नाम फाइनल गरेको नेपाल क्रिकेट संघ (क्यान) तीमध्ये कसलाई मुख्य प्रशिक्षक बनाउने भन्ने निश्चित भएको छैन।  

क्यान स्रोतका अनुसार कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा गठित पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समितिको रोजाइमा दुई जना छन्, भारतीय मोन्टी देसाई र श्रीलंकाली मूलका क्यानाडेली पुबुदु दासानायके। देसाई मुख्य प्रशिक्षक बन्ने सम्भावना बलियो छ। उनी वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन्। अर्को महिनादेखि वेष्ट इन्डिजसँग उनको सम्झौता सकिँदैछ। 

देसाई त्यसपछि नेपाल आउने चर्चा चुलिएको छ। नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार गर्ने अपेक्षा मुख्य प्रशिक्षक छनोट समितिले गरेको छ। देसाई १२ वर्षदेखि विभिन्न टिमको ब्याटिङ प्रशिक्षक छन्। उनले अफगानिस्तान, नेपाल, युएई, क्यानडा, इन्डियन प्रिमियर लिग (आईपीएल) टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेशलाई ब्याटिङ प्रशिक्षण दिइसकेका छन्।

त्यसअघि सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा देसाई नेपालका ब्याटिङ ‘कन्सल्ट्यान्ट’ थिए। सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्वकप टी–२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए। 

तर, देसाईसँग क्यानले पारिश्रमिक र सुविधाका विषयमा छलफल गर्दा कुरा नमिलेको क्यान स्रोतले बताएको छ। ‘मोन्टी देसार्ईले महंगो पारिश्रमिक मा गरेका छन्। उनले सुरुआतमा २० हजार डलर मासिक तलब माग गरेका थिए। तर, पछि १५ दिन आउन सक्ने बताउनु भएको छ,’ क्यानका एक पदाधिकारीले नेपाल लाइभसँग भने, ‘क्यानले त्यति धेरै तलब दिन कठिन हुने र १२ हजार डलरसम्म दिनसक्ने कुरा गरेको छ।’

उनका अनुसार देसार्ई क्यानको प्रस्तावमा राजी भएका छैनन्। साथै, आईपीएलको बेला बिदा दिनुपर्ने सर्त पनि अघि सारेका छन्। ‘हामीलाई एक वर्ष समय दिने प्रशिक्षक चाहिएको हो। नियुक्ति पाएदेखि एक वर्ष नेपालमै बिताउनु पर्नेछ। तर, उहाँले बीचमा बिदा दिनुपर्नेलगायतका केही माग राख्नु भएको छ,’ ती पदाधिकारीले भने, ‘यसरी त हाम्रो खेलाडीहरू फुर्सदिला हुन्छन्। आगामी खेलका लागि फोकस गर्न सक्दैनन्।’

नेपाली खेलाडीका लागि भारतमा एक्सपोजर हुन सक्ने र टेस्ट टिमको ब्याटिङ प्रशिक्षक भइसकेका कारणले देसाईलाई प्राथमिक्तामा राखिएको ती पदाधिकारीले बताए। १५औं संस्करणको आईपीएल २०२२ को अप्रिल २ (चैत १९) बाट सुरु हुने छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले खेल तालिका तयार नभए पनि सम्बन्धित सरोकारवालाहरूलाई अप्रिल २ (चैत १९) बाटै प्रतियोगिता हुने आन्तरिक जानकारी गराइसकेको छ।

बीसीसीआईका अनुसार आईपीएलका सबै खेल भारतमै हुनेछन्। यसअघिका संस्करणको लिग चरणमा ६० खेल हुने भए पनि यसपटक दुई टिम थपिएका कारण ७४ खेल हुनेछन्। क्यानका ती पदाधिकारीका अनुसार देसार्ईलाई नयाँ टिमबाट प्रशिक्षकको अफर आएको छ। यदि, नयाँ टिम फाइनलमा पुगे जुन ४ वा ५ (जेठ २१ वा २२) सम्म देसार्ईलाई बिदा दिनुपर्ने हुन्छ। यसरी लामो समय बिदा दिँदा खेलाडीको तयारीमा असर पर्ने क्यानको अडान छ।

‘नयाँ टिम फाइनलमा पुग्न सक्दैन भन्ने हुँदैन। क्रिकेटमा जे पनि हुन्छ। यदि, फाइनलमा पुगे २/३ महिनासम्म कसरी बिदा दिन सकिन्छ?,’ ती पदाधिकारी भन्छन्, ‘टी–२० विश्वकप २०२२ को ग्लोबल छनोट भए नेपालले त्यहीअनुसार तयारी गर्नुपर्छ। त्यसैले उनको सर्त मान्न सकिँदैन।’

अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपाल रहेको समूहको खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ (फागुन ३ देखि १३)सम्म ओमानमा आयोजना हुनेछ। समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन छन्। समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा स्थान पक्का गर्नेछन्। 

प्रशिक्षक नुहँदा क्यानले बन्द प्रशिक्षणमा खेलाडी बोलाउन सकेको छैन। अलिहे खेलाडीहरु आफैँ तयारीमा जुटिरहेका छन्। क्यान तत्कालै प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारीमा छ।

यसकारण दासानायके नेपालको प्रशिक्षक लगभग पक्का जस्तै भएको बताइन्छ। यदि, दासानायकेलाई नियुक्त गरिए उनी दोस्रो पटक नेपालको प्रशिक्षक बन्नेछन्। दोस्रो रोजाइमा रहेका पुबुदुसँग तलबबारे क्यानको छलफल भएको छैन। यसअघि राजीनामा दिएका प्रशिक्षक डेभ वाट्मोरले १० हजार अमेरिकी डलरको आसपासमा तलब बुझ्ने गरेका थिए। योभन्दा कम रकममा दासानायकेलाई मनाउन सकिने ती पदाधिकारीको विश्वास छ।

‘उहाँले यति नै तलब चाहिन्छ भन्नु भएको छैन। उहाँ हाल कुनै टिमसँग आबद्ध हुनुभएको पनि छैन। नेपाली क्रिकेटलाई राम्रोसँग बुझ्नु भएको र खेलाडीको क्षमता अभिवृद्धि गर्न सक्षम पनि देखिनुहुन्छ। त्यसैले उहाँ छनौट हुने लगभग पक्का छ,’ ती पदाधिकारीले भने। 

यसअघि वाट्मोरलाई मुख्य प्रशिक्षकका लागि छनोट गर्दा ५१ वर्षीय दासानायकेले पनि आवेदन दिएका थिए। उनले नेपाल छोडेर गएपछि पनि नेपाली क्रिकेटबारे चासो राख्ने गरेका छन्। यसअघि उनी सन् २०११ मा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए। सन् २०१५ मा क्यानसँग विवाद भएपछि राजीनामा दिएका थिए।

यद्यपि, उनी आईसीसीको अनुरोधमा सन् २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबियामा भएको सिरिज र एमसीसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।

दासानायकेको नेतृत्वामा नेपाली क्रिकेट टोलीले सन् २०१४ को टी–२० विश्वकपमा गतिलो छाप छोडेको थियो। बंगलादेशमा भएको विश्वकपमा अफगानिस्तान र हङकङलाई हराएको नेपालले बंगलादेशलाई गतिलो चुनौती दिएको थियो। दासानायकेकै प्रशिक्षणमा क्यानडाले पनि सन् २०११ मा एक दिवसीय विश्वकप खेलेको थियो। त्यसपछि उनी नेपाल आएका थिए। 

उनको नेतृत्वमा नेपाल विश्वकप क्रिकेट लिग डिभिजन फोर, थ्री र एसीसी ट्रफी एलिट च्याम्पियन भयो। उनले सम्हालेको नेपाली टिमले एसीसी टी–२० उपविजेता हुँदै आईसीसी छनोट पार गरेर टी–२० विश्वकप खेलेको थियो।

नेपाल छाडेपछि उनी सन् २०१६ मा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए। उनले सन् २०१९ मा अमेरिकाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएको दुई महिनापछि अमेरिकाले एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाएको छ। उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल) टिम भैरहवा ग्लाडिएर्टसको प्रशिक्षक नियुक्त भएका थिए। यसबीचमा उनी दुई पटक नेपाल आइसकेका छन्। पछिल्लो पटक उनी गत सेप्टेम्बरमा नेपाल आएका थिए।

दासानायकेको लक्ष्य नेपालले एकदिवसीय मान्यता दिलाउनु थियो। तर, बीचमा नै बाहिरिएपछि त्यो सपना अपुरो रह्यो। हाल, नेपालले एकदिवसीय मान्यता पाइसकेको छ। अब नेपाली टिमलाई सम्हाल्दा दासानायकेलाई यो मान्यतालाई कायम राख्नुपर्ने चुनौती छ। त्यसैगरी आसन्न टी–२० विश्वकपमा छनोट गराउने अर्को चुनौती पनि हुनेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलबार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजम... मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज कर्णालीले कप्तान तथा मार्की प्लेयर सोमपाल कामीसहित ७ खेलाडीलाई रिटेन गरेको हो। मंगलबार, असार १७, २०८२
एसीसी यू-१६ इस्ट जोन- नेपालको अर्को सहज जित, भुटानलाई २९८ रनले हरायो आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो। मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्