काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ।
शुक्रबारबाट सुरु भएको कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नोपक्षबाट पदाधिकारी सहितका उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।
कांग्रेस महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ। बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको छ।
संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।