काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिमा उम्मेवारी दर्ता गरेपछि कल्याण गुरुङले नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने चाहना अनुरुप मनोनयन दर्ता गरेको दाबी गरेका छन्।
मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले अहिले कांग्रेसका महाधिवेशन प्रतिनिधिले परिवर्तन, न्याय र नयाँ पुस्ताको चाहाना राखेको बताउँदै आफूले त्यही अनुसार मनोनयन दर्ता गरेको दाबी गरे।
‘सबै महाधिवेशन प्रतिनिधिको चाहना परिवर्तन र नयाँ पुस्ताको काँधमा जिम्मेवारी आओस् भन्ने छ,’ उनले भने, ‘नयाँ पुस्ताले नेपाली कांग्रेसको नेतृत्वमा आउन पर्छ र देशको नेतृत्व गर्नुपर्ने चाहानालाई मध्यनजर गरेर केन्द्रीय अध्यक्ष पदमा मनोननय दर्ता गराएको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।