काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रकाशमान सिंहले उम्मेदवारी दिने भएका छन्। त्यसअघि सिंहले उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरेका छन्।
उनले उम्मेदवारी घोषणासँगै अवधारणा सार्वजनिक गर्न सिंहदरबा मूल गेट अगाडी रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालमा कार्यक्रमको आयोजना गरेका हुन्।
कार्यक्रममा सिंह पक्षबाट उपसभापति घोषणा गरेकी सुजाता कोइरासहितका नेता उपस्थित रहेका छन्।
कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न केही दिन यता लगातार प्रयास भए पनि सफल नभए पछि सिंहले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
उम्मेदवारी दर्ताका लागि आज पाँच बजेसम्मको समय तोकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।