काठमाडौ– नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टी उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
नेता आचार्यले शनिबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा पुगेर उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। उपसभापतिमा आचार्यको नै पहिलो उम्मेदवारी दर्ता भएको हो।
शनिबार नै काठमाडौंमा एक कार्यक्रम गर्दै आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए।
आचार्यले पार्टीको रुपान्तरणका लागि आफूले कसैको प्यानलमा नलागेर उम्मेदवारी दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।