काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा दोस्रो उम्मेदवारी दर्ता भएको छ। गोरखाका युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन्।
यसअघि युवा नेता कल्याण गुरुङले सभापतिमा पहिलो उम्मेदवारी दर्ता गराएका थिए।
४० वर्षीय न्यौपाने चीनमा रहेर व्यापार गर्दै आएका थिए। गोरखाको आरुघाट घर भएका उनी नेपाली कांग्रेस जनसम्पर्क समिति चिनको संस्थापक महामन्त्रीसमेत उनी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।