काठमाडौं– नेपाली कांग्रेसको आगामी कार्यकालमा सभापतिका प्रत्यासी शेखर कोइरालाको प्यानल तय भएको छ। उनको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका छन्।
उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छन्।
यसैगरी सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ छन्।
संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने प्रयास भए पनि शेखर कोइराला र प्रकाशमान श्रेष्ठले एकअर्कालाई समर्थन नगर्दा सभापतिमा २ जना उम्मेदवार बनेका हुन्। कोइराला पक्षमा संस्थापन इतरका अन्य नेताहरुको समेत समर्थन रहेको देखिएको छ। यसकारण प्यानल नै तय गरेर चुनाव लड्ने घोषणा गरेका छन्।
सिंहले भने उपसभापतिमा सुजाता कोइरालासहित उम्मेदवारी दर्ता गरेका छन्। महामन्त्रीभन्दा तलका नामहरु भने दुवै सभापतिका साझा उम्मेदवार बन्ने संकेत देखिएको छ।
साझा उम्मेदवार बनाउन नसकेपछि संस्थापन इतरका नेता रामचन्द्र पौडेल र शशांक कोइराला प्रतिष्पर्धाबाट अलग्गिएका छन्। उनीहरुले शेखरलाइ समर्थन गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।