काठमाडौं– नेपाली काग्रेसको १४औं महाधिवेशनका लागि शेखर कोइराला पक्षले उपसभापतिका लागि धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएको छ।
संस्थापन इतरका बीचमा साझा उम्मेदवार चयन हुन नसकेपछि अलग/अलग उम्मेदवारी दर्ता गर्ने कार्य सुरु भएको छ।
संस्थापन इतरबाट प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको उम्मेदवारी दिने भएका छन्। शेखरको समुहवाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार हुने भएका छन्।
सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।