काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट सहमहामन्त्रीका उम्मेदवारहरु टुंगो लगाएका छन्। उनले आफ्नो समूह र कृष्णप्रसाद सिटौला समूहका नेताहरु राखेर उम्मेदवारको अन्तिम सूची तय गरेका हुन्।
कांग्रेस विधानमा सहमहामन्त्रीमा ८ जना प्रतिस्पर्धा गर्ने पाउने व्यवस्था छ। तर सबै प्रतिस्पर्धा ‘क्लस्टर’ अन्तर्गत हुनेछ।
देउवाले सिटौला पक्षका नेता उमाकान्त चौधरीलाई समेत आफ्नो प्यानलमा राखेका छन्।महाधिवेशनमा चुनावी प्रतिस्पर्धा लागि देउवा-सिटौला गठबन्धन बनेको छ।
यस्ता छन् देउवाका सहमहामन्त्रीका उम्मेदवारः
आदिवासी जनजाति- भीष्मराज आङ्देम्बे
दलित- मानबहादुर विक
महिला- डिना उपाध्याय
मधेसी- महेन्द्र यादव
खस आर्य- किशोर सिंह राठौर
थारु- उमाकान्त चौधरी
मुस्लिम- फरमुल्लाह मन्सुर
पिछडिएको क्षेत्र- जीवन शाही
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।