काठमाडौं- विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका छन्।
सिंहले सभापतिमा उम्मेदवारी दिइसकेका छन्। लामो समयदेखि सभापति शेरबहादुर देउवाको समूहमा रहँदै आएका शर्माले गत भदौमै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।
उम्मेदवारी दर्ता गरेपछि मात्रै आफ्नो सभापति खुलाउने उनको तयारी थियो।
उनलाई शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो। तर, अन्तिममा त्यो कसरत सफल भएन। उम्मेदवारी दर्ता गर्न जानुअघि शर्माले महाधिवशेनपछि बदलिएको कांग्रेस, बलियो कांग्रेस हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।