काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानल पनि तय भएको छ। जारी १४औँ महाधिवेशनबाट सभापतिमै दोहोरिन चाहेका उनले उपसभापतिमा विजय गच्छदारलाई दोहोर्याउने भएका छन्।
महामन्त्री पूर्णबहादुर खड्कालाई पनि उपसभापतिको उम्मेदवार बनाएका छन्। महामन्त्रीमा सह-महामन्त्री प्रकाशशरण महतले देउवा प्यानलबाट बाजी मारेका छन्।
कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेल पनि देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन्।
सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मान बहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही सहमहामन्त्रीका उम्मेदवार छन्। थारुमा सहमहामन्त्रीका उम्मेदवार बनेका उमाकान्त चौधरी सिटौलानिकट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।