काठमाडौं– युवाको बलियो र बदलिँदोे कांग्रेस बनाउने चाहना अनुरुप आफूले उम्मेदवारी दिएको विश्वप्रकाश शर्माले बताएका छन्।
प्रकाशमान सिंहसँग बिपी र गणेशमानको लिगेसी रहेको भन्दै उनले उक्त प्यानल रोजेको बताए। ‘मैले सुन्दरीजलमा गएर बिपी कोइरालाले रोप्नुभएको रुद्राक्षको वोटमा पानी हालेर महामन्त्रीको उम्मेदवारी घोषाणा गरेको थिए,’ उनले भने, ‘त्यहाँवाट मैले बिपीले देखेको सपना पूरा गर्ने उद्घोष गरेको थिएँ।’
गणेशमान सिंहले नेपालको राजनीतिमा एउटा अनुपम त्याग गरेको भन्दै उनले बिपी र गणेशमानको मिलन नेपाली कांग्रेसका लागि अमूल्य भएको भन्दै उनले आफू उम्मेदवारी दिएको बताए।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा देशभरबाट प्रकाशमानलाई त्यही विरासतका कारण जिताउन मत दिनुपर्ने उनले बताए। देशभर युवाको जुन लहर छ त्यहीअनुसार मत आउने अपेक्षा गरेकासमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।