फाइल तस्बिर काठमाडौं- कोभ्याक्स सुविधाअन्तर्गत आज ( आइतबार) १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज उक्त खोप आउने जानकारी दिए।
नेपालमा गत शुक्रबार र बिहीबार गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ। सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ। स्वास्थ्य मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएको छ। उनले भने, ‘विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। त्यसका लागि केही मापदण्ड रहेर स्थानीय तहले खोप केन्द्र तोक्छन्।’
हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएकाे प्रमुख दाहालले जानकारी दिए।
उनका अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लाका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ। उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने लगाइने बताए।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समुहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ। भने सोही समयमा कतिपय स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए।
स्वास्थ्य मन्त्रालयले यसअघि, २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि जनाएको छ।
सरकारले तीन महिना पूरा भएका गर्भवतिहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेकाे छ। नेपालमा खाेप अभाव नभएकाे भन्दै सरकारले सबैलाई नजिकैकाे खाेप केन्द्रमा गएर खाेप लगाउन पनि अनुराेध गरेकाे छ।
हाल २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।