काठमाडौं- पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण देखिएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ६ सय ८२ जनाको परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ९० जना रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोना कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा २ सय ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।