काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको मतगणना जारी रहेको छ।
जारी मतगणनामा देउवाले अग्रता कायम गरेका छन्। जीत निकाल्नका लागि देउवालाई ४४० मत देउवालाई आवश्यक पर्ने देखिएको छ।
अब गणना गर्नका लागि ७०२ मत बाँकी रहेको छ । देउवाले ४७.७७ प्रतिशत पाएका छन्।
सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।
सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।