काठमाडौं– दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।
उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।
रेडक्रस दाङका पूर्व अध्यक्षसमेत रहेका आचार्यले लाइसेन्सवाला बन्दुकले घरमा आफैंलाई गोली हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यद्दपि घटनाको अनुसन्धान भइरहेको एसएसपी जीसीले बताए ।
उनका अनुसार उनले दिउँसो साढे ३ बजेतिर आत्महत्या गर्ने योजनाका साथ गोली प्रहार गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।