फाइल तस्बिर। काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको धेरै योगदान रहेको बताएका छन्। उनले कांग्रेसलाई अघि बढाउनमा पौडेलको धेरै योगदान रहेको बताएका हुन्।
मंगलबार बिहान कांग्रेसको १४औं महाधिवेशनका प्रतिनिधिहरूका लागि पौडेलले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले आगामी दिनमा आफूहरू एक भएर अगाडि बढ्ने बताए।
आफू आउँदा होहल्ला भएकोप्रति उनले संयमित हुन आग्रह गरे। देउवाले पार्टीको आन्तरिक निर्वाचन भएकाले उत्तेजित नहुन आग्रह गरे। उनले पौडेललाई सबैको नेता भन्दै सम्मानित रुपमा भोलिका दिनमा धेरै काम गर्न बाँकी रहेको बताए।
‘रामचन्द्रजीको धेरै योगदान छ। नेतालाई आदर गर्नुहोस्’, उनले भने, ‘रामचन्द्रजी आदरणीय व्यक्तित्व हो। भोलिका दिनमा धेरै ठूलो योगदान दिनुछ। हामी एक भएर छोड्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।