काठमाडौं- कांग्रेस सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सघाउने भएका छन्।
सोमबार भएको निर्वाचनमा सभापतिका प्रत्यासी कसैले पनि खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुँदैछ।
पहिलो चरणको मतदानमा सर्वाधिक मत ल्याए पनि देउवालाई ८२ मत पुगेको थिएन। दोस्रो चरणमा जित निकाल्न उनले प्रकाशमान सिंहको साथ लिइसकेका छन्। सिंहलाई भेटेर निधि निवास पुगेका देउवालाई निधिले पनि साथ दिने बताएका हुन्।
दोस्रो चरणको मतदानमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।
निधिको सहयोगबारे उनको सचिवालयले पुष्टि गरेको छ। विज्ञप्ति नै जारी गरेर आफ्नो समर्थन खुलाउने तयारीमा निधि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।