काठमाडौं- कांग्रेसको जारी महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कल्याण गुरुङले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सर्मथन गर्ने निर्णय गरेका छन्।
सोमबार सम्पन्न निर्वाचनमा सभापतिमा २२ मत पाएका उनले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन्।
पहिलो चरणमा देउवाले नै बढी मत पाएकोले दोस्रोमा उनलाई समर्थन गर्ने उनले बताए। पार्टीमा सहमति कायम राख्न देउवा हुनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।