काठमाडौं- कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालाले प्रतिस्पर्धा गर्ने भएका हुन्।
नेपाली कांग्रेसका जारी महाधिवेश अन्तर्गत सभापतिको लागि हुने दोस्रो चरणको मतदानमा कोइरालाले प्रतिस्पर्धा निर्णय गरेका हुन्। आज बसेको उनी पक्षीय बैठले दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।
सोमबार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाले बढी मत पाएकाले उनीहरु दुई जनाबीच चुनाव हुने भएको हो।
दोस्रो चरणको निर्वाचन हुने भएपछि शेखर कोइरालाविरुद्ध बलियो गठन्धन बन्ने भएको छ।
पहिलो चरणको निर्वाचनमा सभापतिका लागि प्रतिस्पर्धा गरेका शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ एकै ठाउँमा उभिने भएपछि कोइराला पक्षले चुनावमा प्रतिस्पर्धा नगर्ने समाचारहरु सार्वजनिक भएका थिए। तर, कोइराला पक्षले निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन् । कोइराला पक्षले पत्रकारसम्मेलन आयोजना गर्ने तयारी गरेको जनाएको छ।
मंगलबार दिउँसो साढे ३ बजे दोस्रो चरणको निर्वाचन हुने तय भएको छ।
पहिलो चरणको मतगणना सकिएपछि देउवाले सिंह र निधिलाई भेटेका थिए। उनीहरुले देउवाको पक्षमा उभिने बताइसकेका छन्। अर्का प्रतिस्पर्धी गुरुङले पनि नेपाल लाइभसँग कुरा गर्दै देउवालाई नै समर्थन गर्ने बताएका छन्। नेपाली कांग्रेस निर्वाचन समितिको आधिकारिक जानकारी अनुसार, पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेको थियो। जसमा ७६ मत बदर भएको थियो। देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।