काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा डा शेखर कोइराला समूहले दोस्रो चरणमा पनि प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। नक्सालमा बसेको डा कोइरालाको समूहको बैठकले अर्को चरणमा पनि सभापतिको दाबी नछाड्ने निर्क्योल निकालेको हो।
बैठकमा कोइराला पक्षले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणका पक्षमा बहुसंख्यक महाधिवेशन प्रतिनिधि रहेको निष्कर्ष निकालेको छ। सभापतिका उम्मेदवार देउवा भन्दा उनको नेतृत्व परिवर्तनका पक्षमा उठेका नेताहरुको समग्र मत नै बढी भएकाले त्यसको कदर गर्ने निर्णय कोइराला समूहले गरेको हो।
बैठकमा डा कोइरालाले भने, 'नेतृत्व परिवर्तन र कांग्रेस रुपान्तरणको अजेन्डालाई कमजोर हुन दिइँदैन। नेतृत्व परिवर्तनका पक्षमा महाधिवेशन प्रतिनिधिले जाहेर गरेको मतको सम्मान गर्दै हामी निर्वाचनमा जानुपर्छ।'
उनले कांग्रेस प्रतिनिधिलाई अन्तरमनको आवाज सुनेर भोट हाल्न आह्वान गर्ने बताएका छन्। सभापतिका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्। तर, उनीहरुलाई मत दिनेहरु पनि देउवाको विकल्प खोज्न चाहनेहरु रहेकाले जित निकाल्न सकिने अनुमान डा कोइराला पक्षले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।