काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफूले सभापति उठेर विद्रोह गरेको नभई दाबीमात्र पेस गरेको बताएका छन्। दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सर्मथन गर्नुको कारण महाधिवेशन प्रतिनिधिहरुले रुचाउनु भएको उनले दाबी गरे।
‘निर्वाचन प्रणालीमा उम्मेदवारी दिनु विद्रोह होइन,’ उनले भने, ‘प्रकाशमानजी र मेरो निरन्तर कुराकानी भइरहेको थियो, साथीहरुसँग सल्लाह गरेर नै निर्णय गरेको हुँ।’
नेतृत्व परिर्वतनको पक्षमा आफू रहे पनि आमकांग्रेस कार्यकर्ताको त्यो चाहाना नदेखिएको उनले बताए। ‘यो महाधिवेशनबाट नयाँ नेतृत्व आउने ठानेको थिएँ। तर, प्रतिनिधिहरुमा परिवर्तनको चाहना देखिएन,’ उनले भने, ‘यो वास्तविकतालाई स्वीकार्नु पर्छ। राजनीतिक परिस्थिति अनुसार निर्णय लिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।