काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरख कोइरालाले गुटउपगुट विर्सिएर मतदान गर्न प्रतिनिधिहरुलाई आह्वान गरेका छन्।
दोस्रो चरणको मतदान अघि मंगलबार पत्रकार सम्मेलन गर्दै उम्मेदवार कोइरालाले गुटउपगुट विर्सेर अन्तरात्माको कुरा सुनेर मतदान गर्न आग्रह गरेका हुन्।
‘राजनीतिक महाधिवेशनका प्रतिनिधि आफैं नेता हुन् । वहाँहरुले जुन भोट दोस्रो चरणमा दिनुहुन्छ, मनको अन्ताआत्माले विवेक प्रयोग गरेर गर्नुहुने छ ’ उनले भने ‘ एक भोटले नेपालको भविष्य परिर्वतन हुने कुरा आग्रह गर्न चाहन्छु । गुटउपगुट र भागवन्डा सवै विर्सेर विवेक प्रयोग गर्नुस्।’
उनले आफूले व्यवस्थित कांग्रेस बनाउने कुरा गरिरहेको बताए।
‘म व्यवस्थित नेपाली कांग्रेस बनाउने कुरा गरिरहेको छु ’ उनले भने, ‘नेपाली कांग्रेसभित्र जस्तो अव्यवस्थित अवस्था छ त्यसमा मैले चार वर्षदेखि रुपान्तरणको कुरा गरेको छु। ’ मिलेर काम गर्छौ भन्ने कुरा आफ्नो टिम हेरेर भन्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।