काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनपछि मतगणना सुरु भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
कांग्रेसका कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६४ जनाले मतदान गरेका छन्।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा मतदान गरेका ११५ जना दोस्रो चरणको निर्वाचनमा सहभागी भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।