काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूलाई औपचारिक रुपमा धन्यवाद दिने भएका छन्। जसका लागि उनले अहिले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरेका छन्।
सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा २७३३ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी कोइरालाले १८५५ मत प्राप्त गरेका थिए।
सोमबारको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा पहिलो चरणमा सभापतिका प्रतिस्पर्धी रहेका अन्य ३ जना नेता (प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ)ले देउवालाई समर्थन गरेका थिए।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका थिए। कूल ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये सोमबारको निर्वाचनमा ४६७९ प्रतिनिधिले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।