फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो।
दुई जना निर्वाचित हुने उपसभापति पदका लागि सातजना प्रतिस्पर्धामा छन्। डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइराला उपसभापतिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
यसअघि सभापतिका लागि दुई चरणमा मतदान सम्पन्न भएर विजेता घोषणा भइसकेको छ। दोस्रो चरणको निर्वाचनबाट सभापतिमा पुन: शेरबहादुर देउवा निर्वाचित भएका छन्। उनले अर्का प्रत्यासी डा. शेखर कोइरालालाई पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।