काठमाडौं– पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा संक्रमण पुष्टि भएको हो।
यही अवधिमा थप २५० जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ। हाल देशभर ५ हजार ४२८ जना सक्रिय संक्रमित रहेका छन्।
कोभिड–१९ को संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभर ११ हजार ५७२ जनाले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।