काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना जारी रहेको छ। पार्टी कार्यालय सानेपामा बेलुका ६:४० सम्म ९८८ मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
जारी मतगणनामा ८१४ मतसहित डा शशाङ्क कोइराला सबैभन्दा अगाडि रहेका छन्। यस्तै, एनपी साउद ६३१, शंकर भण्डारी ५९८ र बालकृष्ण खाँड ५९६ मत ल्याएर उनलाई पछ्याइ रहेका छन्। यता, रमेश लेखक ५९६, ज्ञानेन्द्रबहादुर कार्की ५९५, रामहरी खतिवडा ५८९, अर्जुन नरसिंह केसी ५८६, उदयशम्शेर राणा ५८२ र गोपालमान श्रेष्ठले ५४३ मत पाएका छन्।
सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ४ हजार ७४३ रहेका छन्।
खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।