काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जनाको मतगणना जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी प्रारम्भिक मतगणनामा डा शशांक कोइराला अग्रस्थानमा रहेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ९८८ मतगणना हुँदा डा कोइरालाले ८१४ मत पाएका छन्। ३५ खुला केन्द्रीय सदस्यमध्ये ११ जना शेखरपक्षकाले अग्रता लिएका छन्।
शेखरपक्षका अर्जुननरसिंह केसी ५८६ मतसहित आठौं स्थानमा रहेका छन्। यस्तै, डा रामशरण महत ५२९ मतसहित १३औं स्थानमा रहेका छन्। दिलेन्द्र बडु ५१३ मतसहित १८औं, दीपक गिरी ४६२ मतसहित २१औं र डा गोविन्द पोखरेल ३६४ मतसहित २७औं स्थानमा रहेका छन्।
यस्तै, अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, बीरेन्द्र कनोडिया र सञ्जय गौतमले ३५६ मत ल्याएका छन्। सिवाकोटी, कोइराला र गौतम शेखरपक्षका हुन्। ३५औं स्थानमा ३४९ मत ल्याएका केदार कार्की पनि शेखरपक्ष हुन्। केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।