काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ निर्वाचित हुने ३५ जनाको मतगणना जारी रहेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ९८८ मतगणना हुँदा सभापति शेरबहादुर देउवापक्षका उम्मेदवार अगाडि देखिएका छन्। ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवापक्षका २४ जनाले स्थान बनाएका छन्।
बाँकी ११ जना शेखर कोइरालापक्षका केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन्। केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धामा छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।