काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन्।
महामन्त्रीमा निर्वाचित थापा र अर्का युवानेता चन्द्र भण्डारी नेता निधिलाई भेट्न शनिबार साँझ ६ बजे निधिनिवास मध्यवानेश्वर पुगेका थिए।
भेटमा यहि पुस ६ गते हुने प्रदेश २ को अधिवेशनलगायतका विषयमा कुराकानी भएको थियो।
नवनिर्वाचित महामन्त्री थापा र भण्डारीसँग निधिले प्रदेश २ को सभापति पदमा रामसरोज यादवलाई समर्थन गर्न अनुरोध गरेका थिए।
प्रदेश २ मा सर्वसम्मत रुपमै सभापति बनाउने अथवा साझा रुपमा उम्मेदवारी प्रस्तुत गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ। निधि र थापाबीच आइतबार पुनः यसबारे छलफल गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।