काठमाडौं– बालबालिकालाई लक्षित गरी आज (आइतबार) बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको हो। अभियान अन्तर्गत १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य मन्त्रालयले लिएको छ।
खोप अभियान पुस १४ गतेसम्म चल्नेछ। पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ।
आजदेखि प्रदेश १ का ११, प्रदेश २ का पाँच, बागमतीका सात जिल्लामा खोप लगाइँदैछ।यस्तै, गण्डकीका नौ, लुम्बिनीका नौ तथा कर्णालीका नौ जिल्लामा पनि खोप लगाइनेछ।
त्यसैगरी, आजदेखि सुदूरपश्चिमका सात जिल्लामा पनि बालबालिकालाई खेप लगाइँदै छ। अहिलेसम्म नेपालमा ३६ लाख ५१ हजार दुइ सय मोर्डना खोप आइसकेको छ।
यी हुन् मोडर्ना खोप लगाइने ५७ जिल्ला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।