काठमाडौं– पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन्।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७८४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार २७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ।
उक्त अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ। हाल ९५ जना क्वारेन्टिनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।