काठमाडौं- समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ।
नेप्सेले कम्पनीको समायोजनपछिको मूल्य १४ सय १ रुपैयाँ ३३ पैसा तोकेको छ। भने आधारभूत मूल्य ८ सय ४५ रुपैयाँ १७ पैसा दिएको थियो। संस्थाले १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर असार २७ गतेदेखि निष्काशन गर्न लागेको हो।
उक्त हकप्रद सेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। हकप्रद सेयर बाँडफाँटपछि संस्थाको चुक्तापुँजी बढेर ५ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।
असार ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबार भई कायम रहेको सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।