• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कति गिजोल्ने हो एमसीसी : संसद्‍‌मै बहस गरेर टुंगोमा पुगे हुँदैन?
64x64
किशोर दहाल बुधबार, पुस २८, २०७८  १९:१५
1140x725

काठमाडौं- नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता (एमसीसी सम्झौता)का विषयमा सडकदेखि सञ्चार माध्यममा छलफल हुन बाँकी सम्भवतः कुनै पनि कोण छैनन्। विषयलाई गहिरोसँग बुझेका/नबुझेका, युट्युबका मुख्य/सामान्य सेटिब्रेटी, पत्रिकाका स्तम्भकार, विज्ञ, अध्यता, चासो राख्ने सबैले आफ्नो हिस्साको तर्क राखिसकेका छन्, राखिरहेका छन्। पार्टीहरुका आन्तरिक छलफलमा पनि यो विषय अटाइसकेको छ। त्यसैले कहिलेकाहीँ अलि चर्को गरी र कहिलेकाहीँ अलि हल्का रुपमा यो विषय विगत अढाइ वर्षदेखि मुख्य चासोको विषय बनिरहेको छ।

पछिल्लो समय त यसले राजनीति र समाजलाई पनि ध्रुवीकृत गरेको छ। एमसीसी सम्झौताको सन्दर्भमा भूराजनीतिक चासो जति छ, भूइँमान्छेको चासो पनि कम देखिँदैन। यसका विषयमा चर्चा हुनासाथ आममानिसबाट आउने 'नो एमसीसी' जस्ता प्रतिक्रियाबाट यसप्रति रहेको नकारात्मक छवि आकलन गर्न सकिन्छ। त्यसैले पनि कतिपय दलहरुले दोहोरो शैली अपनाउने गरेका छन्। अमेरिकासँग कूटनीतिक सम्बन्ध नबिग्रियोस् भन्ने चाहनाले यो अनुदान चाहिँदैन भन्न सक्दैनन्, चुनावमा भोट नबिथोलियोस् भनेर सम्झौता संसद्‍‌बाट अनुमोदन भएर कार्यान्वयन होस् भन्न पनि सक्दैनन्। तैपनि, एमसीसी सम्झौताको सन्दर्भमा प्रमुख दलहरुको धारणा लगभग प्रस्ट नै छ।

विभिन्न माध्यममा विभिन्न कोणबाट बहस भइरहँदा नागरिकको सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा र प्रबुद्ध व्यक्तिहरुको प्रतिनिधित्व रहने भनिएको राष्ट्रिय सभामा संगठित बहस हुन सकेको छैन। सुरुआतमा शून्य समय र विशेष समयमा केही सांसदहरुले यो विषयमा फाट्टफुट्ट र पछिपछि प्रेम सुवालजस्ता सांसदले अन्य सन्दर्भमा पनि एमसीसीको चर्चा गरेका छन्। तर, यो विषय संसद्‍‌मा पेस भएर छलफल नहुँदा यही विषयमा केन्द्रित भएर औपचारिक बहस हुन नसकेको हो। जनमतलाई नै विभाजित गरिरहेको महत्त्वपूर्ण विषयमा सांसदहरुले आफ्नो थलोमा उभिएर धारणा राख्ने काम भएको छैन।

विभिन्न अन्य प्रस्तावमा एमसीसीलाई ‘घुसाउने’ गरेका सुवाल भने यो विषयमै केन्द्रित भएर संसद्‍‌मा छलफल होस् भन्ने चाहँदैनन्। ‘एमसीसीमा विभिन्न राष्ट्रघाती प्रावधान छन्,’ उनले नेपाल लाइभसँग भने, ‘नेपाल बिक्री गर्ने भनेर पनि छलफल गरे भयो नि त। त्यस्तो त मिल्दैन नि। त्यसैले एमसीसीको विषयमा पनि छलफल हुनुहुँदैन।’

आफूले अन्य सन्दर्भमा एमसीसीको विषय उठाउने गरेको प्रसंगलाई भने उनले देश र जनताको विषय उठाउने दायित्वको रुपमा व्याख्या गरे। ‘जे जरुरी हुन्छ, त्यही कुरा उठाउने हो। प्रस्तुत विषयमा तीन मिनेट समय हुन्छ। त्यसमा पाँच सेकेण्डको एउटा वाक्य बोले पुगिहाल्यो। बाँकी समयमा देश र जनताको विषयमा बोल्नुपर्‍यो नि त,’ उनले भने।

एमसीसीको विषयमा सुरुआतमै धारणा राख्नेमध्येका एक सांसद देव गुरुङ उक्त सम्झौता सदनमा प्रस्तुत गर्नका लागि वैधानिक आधार नभएको बताउँछन्।

एमसीसीसँगको सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतबाट पारित भयो भने मात्रै कार्यान्वयनमा जान सक्छ। त्यसैले पनि यो विषयमा प्रतिनिधि सभामा हुने बहस अपेक्षित छ। सांसदहरुले औपचारिक रुपमा त्यस विषयमा राख्ने धारणा अपेक्षित छ। त्यहीँ हुने बहस र मतदानबाट यो विषय टुंगो लाग्यो भने बढी सुरक्षित हुनेछ। 

‘अन्यत्र पर्याप्त छलफल भयो, संसद्‍‌मै भने हुन सकेन। त्यहाँ छलफल हुन सकेको भए संसद्‍ र सांसदको सार्वभौमिकताको पनि उपयोग हुन सक्थ्यो,’ अर्का एक सांसद भन्छन्, ‘जनताले अपेक्षा गर्ने पनि आफ्ना प्रतिनिधिहरुसँगै हो। तर, विषय धेरै गिजोलिइसक्यो। अब यसमाथि संसद्‍‌मै हुने छलफललाई पनि स्वस्थ बहसको रुपमा हेरिने छैन। यसको तर्कपूर्ण समर्थन गर्नेहरुलाई नै अनेक आरोप लाग्नेवाला छ। त्यसैले सांसदहरुले यो विषयमा बोल्दा यसको आवश्यकता हो वा होइन भन्ने कोणबाट होइन, चुनावमा आउने भोटमा कस्तो असर पर्ला भनेर सचेत हुनुपर्ने भएको छ।’

२०७६ असार ३० गते नै एमसीसीसँगको सम्झौता संसद्‍ सचिवालयमा दर्ता भएको थियो। तर, त्यसपछि यो अघि बढेको छैन। बरु दुई पटक प्रतिनिधि सभा नै विघटन भइ पुनःस्थापना भएको छ। २०७७ पुस ५ गते पहिलोपटक प्रतिनिधि सभा विघटन भएयता यो सभाले कहिले आंशिक र कहिले पूर्ण अवरोध झेल्दै आएको छ। शून्य समय र विशेष समय नै सञ्चालन हुन सकेका छैनन् भने अन्य विषयमा बहस र छलफलले प्रभावकारिता नपाउनु ‘सामान्य’ जस्तै बनेको छ। पछिल्ला दिनहरुमा त प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक निरन्तर अवरोध हुँदै र सर्दै आएका छन्।

सम्झौता संसद्‍‌मा टेबल भएपछि मात्रै छलफल हुनसक्ने बताउँछन्, संसद्‍ सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे। ‘त्यो सम्झौता संसद्‍‌मा दर्ता भइसकेको छ। त्यसैले ‘पाइपलाइन’मा बसेको छ। विचाराधीन छ। संसद्‍‌मा टेबल भएर अब अजेन्डा बन्नुपर्‍यो। अनि मात्रै छलफल हुनसक्छ,’ उनी भन्छन्।

एमसीसी सम्झौताको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले भने आफूनिकटसँग दलहरुबीच सहमति बन्नुपर्ने तथा सदनमा पर्याप्त छलफल हुने वातावरण सिर्जना हुनुपर्ने बताउने गरेका छन्। अवरोधका बीच सम्झौतालाई निर्णयार्थ पेस गर्न उनले चाहेका छैनन्। तैपनि, कतिपय नेताहरुका भनाइअनुसार, अब जुनसुकै समयमा पनि एमसीसी प्रतिनिधि सभामा टेबल हुनसक्छ र केही 'नाटकीय विरोध/बहिस्कार/अनुपस्थिति' का बीच यो अनुमोदन हुने प्रक्रियामा पनि जानसक्छ। केही दलहरुको एमसीसीलाई प्रतिनिधि सभाबाट पास पनि गर्नुपर्ने र विरोधी पनि देखिनुपर्ने दोहोरो भूमिका निर्वाह गर्ने अवसर अनुकूल हुनासाथ यो विषय अघि बढ्ने उनीहरुको आशय पाइन्छ। तर, एमसीसीलाई अघि सारेर सत्तारुढ गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा र प्रतिपक्षी नेता केपी शर्मा ओलीको रणनीति के हो भन्नेमै यी कदम निर्भर हुने देखिन्छन्। उनीहरु दुवैले एमसीसीबारे निर्णय गर्दा आफ्नो ‘हित’ नदेख्ने अवस्थामा यो निर्वाचनभन्दा पछि धकेलिन सक्ने पनि कतिपयको आकलन छ।

एमसीसीलाई पास गर्ने भनेर संसद्‍‌मा जबर्जस्ती गर्न नहुने बताउँछन्, सुवाल। ‘अमेरिकाकै दलाल बन्ने हो भने त जे गरे पनि भयो नि,’ उनले भने, ‘देशको सार्वभौमिकताको विषयमा त्यस्तो जबर्जस्ती गर्न पाइँदैन।’

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्